विराटनगर । संघीय सरकारले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशत रहने अनुमान गरिरहेको बेला प्रदेश १ को आर्थिक वृद्धिदर भने ३ दशमलव ४१ हुने अनुमान गरिएको छ ।
आर्थिक वर्ष २०७७÷०७८ को प्रदेश १ को सरकारको आगामी आर्थिक वर्षको बजेट वक्तव्यका क्रममा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले यस्तो बताउनु भएको हो । उहाँले अन्य प्रदेशको तुलनामा प्रदेश १ को पूँजीगत खर्च गर्ने क्षमता राम्रो हुने पनि बताउनु भयो ।