संविधान संशोधन विधेयक आज पारित हुँदै

विराटनगर । नेपालको संविधान २०७२ लाई संशोधन गर्न बनेको विधेयक आज प्रतिनिधिसभाबाट पारित हुँदैछ । २०७२ साल असोज ३ गते संविधानसभाबाट बनेको नेपालको संविधान आज दोश्रो पटक संशोधन हुने भएको हो ।

संविधान संशोधनका लागि जेठ १८ गते प्रतिनिधिसभामा प्रस्तुत विधेयकमा शुक्रवारसम्म संशोधन दर्ता गर्ने समय तोएिको थियो । विधेयकमाथि एउटा संशोधन दर्ता भएको छ । संशोधनको अवधि सकिएपछि आज १ बजे बस्ने बैठकमा विधेयक पारित गर्ने प्रकृया अघि बढाइने भएको छ ।

संविधान संशोधन हस्ताक्षरसहित मतविभाजनको प्रकृयाबाट टुंगो गरिने छ । अहिलेसम्म प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरु संविधान संशोधनको पक्षमा उभिएका छन् । संविधान संशोधन विधेयक पारित भएसँगै नेपालको नयाँ नक्सामा समेटिएको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र समेटिएको नक्सा अंकित निसान छाप संविधानको अनुसुचिमा अंकित भई प्रचलनमा आउने छ ।

शनिबार, ३१ जेठ, २०७७, बिहानको ०८:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर