विराटनगर । मध्य वर्षा लाग्न बाँकी छँदा देशमा अत्याधिक गर्मी सुरु भएको छ । ३ दिनदेखि बढेको अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित बनेको छ । यता जल तथा मौसम विज्ञान विभागले भने आज राती प्रदेश १ का कतिपय स्थानमा अत्याधिक वर्षा हुने अनुमान गरेको छ ।
‘प्रदेश १, बागमती प्रदेश , गण्डकी प्रदेशका केही स्थानहरु साथै प्रदेश २, प्रदेश नं ५ कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ,’ मौसम विज्ञान विभागको आज साँझको मौसम बुलेटिनमा उल्लेख छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अत्याधिक गर्मी नेपालगञ्जमा भएको छ । त्यहाँको अधिकतम तापक्रम ३७.२ रहेको छ । यस्तै भैरहवामा ३६.१, सिमरामा ३६, दिपायलमा ३५, विराटनगरमा ३३.६, धरानमा ३५.४, जनकपुरमा ३६.५, पोखरामा ३२.४ र काठमाडौंमा ३०.७ डिग्री सेल्सियस तापक्रम पुगेको छ ।
तराईमा अत्याधिक गर्मी बढीरहँदा ताप्लेजुङ, ओखलढुंगा र डडेलधुरामा अधिकतम तापक्रम २७ देखि २८ डिग्री सेल्सीयस रहेको छ । यस्तै सबैभन्दा कम तापक्रम भने जिरीमा अधिकतम तापक्रम २४.७ र जोमसोममा २५.५ डिग्री सेल्सीयस रहेको छ ।
मौसम विज्ञान विभागको नियमित बुलेटिन:-
मौसम विश्लेषण (Meteorological Analysis):-
हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु ,पश्चिमको भू(भाग नजिक रहेको न्यून चापीय क्षेत्र, पश्चिमी वायू साथै पूर्व(पश्चिम बनेको न्युन चापीय रेखा र बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव रहेको छ ।
हालको मौसमको अवस्था (Present Weather Status)
हाल प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका भू–भागमा सामान्य बदली रही बाँकी प्रदेशका भू–भागमा आंशिक बदली रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा हल्का बर्षा भइरहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
जेठ २८ गते (बुधबार)
रातीः प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका भू(भागमा सामान्य बदली रही बाँकी प्रदेशका भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश , गण्डकी प्रदेशका केही स्थानहरु साथै प्रदेश २, प्रदेश नं ५ कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
जेठ २९ गते (बिहीबार)
दिउँसोः प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य बदली साथै बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २ ,बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा र कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र प्रदेश ५ का थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
रातीः प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश ,प्रदेश नं ५ मा सामान्य बदली तथा कर्णाली र सुदुर पश्चिम प्रदेशमा आंशिक बदली रहनेछ।प्र देश १, प्रदेश २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश नं ५ का केही स्थानमा साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित वर्षाको संभावना रहेको छ।
जेठ ३० गते (शुक्रबार)
दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश तथा प्रदेश नं ५ का केही स्थानमा साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको संभावना रहेको छ।
रातीः देशभर आंशिक देखि सामान्य बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश तथा प्रदेश नं ५ का केही स्थानमा साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको संभावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
प्रदेश १, बागमती प्रदेश , गण्डकी प्रदेशका केही स्थानहरु साथै प्रदेश २, प्रदेश नं ५ कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन रचट्याङसहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध छ ।