रात्रीकालीन ढुवानीका सवारी साधनहरुसँग अवैध रकम असुली

विराटनगर/प्रदेश नं. १ का प्रदेशसभा सदस्य उपेन्द्र प्रसाद घिमिरेले रात्रीकालीन दुवानीका ठुला सवारीसाधनहरुसँग अवैद्य रकम असुली भईरहेको बताउनुभएको छ ।

प्रदेश नं. १ प्रदेशसभा बजेट अधिवेशनको मङ्गलबार बसेको बैठकको शुन्य समयमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारको निर्णय बमोजिम रातको समयमा कोशी राजमार्ग र मेची राजमार्ग हुँदै पहाडी ईलाकातिर जाने दुवानीका ठुला सवारीसाधनहरुसँग रात्री शुल्कको नाममा दैनिक २ हजार ५ सय देखि ३ हजार रुँपियासम्म अवैद्य रकम असुली भईरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । त्यस्तै उहाँले बैङक तथा वित्तीय संस्थाहरु हप्तामा मात्र २ दिन खुल्न थालेपछि जनताले दुःख पाएको तथा कोरोना सङक्रमणको जोखिम बढेर गएको जानकारी गराउनुभएको छ ।

त्यस्तै प्रदेश सांसद अर्जुन राईले दमक नगरपालिकाका १० वटा वार्ड र कमल गाउँपालिकाका ३ वटा वार्डमा अव्यवस्थित रुपले बसोबास गरिरहेका भुमिहीन दलित तथा सुकुम्बासी परिवारहरुको व्यवस्थापनका लागी प्रदेश सरकारसँग माग गर्नुभएको छ । उहाँले दमक नगरपालिकाले धनीपुर्जा वितरण आयोग बनाएर समस्या समाधान गर्न चाहेको भएतापनि संवैद्यानिक बाधा अडचनका कारण त्यसले सार्थकता नपाएको जानकारी गराउनुभएको छ ।

त्यस्तै सांसद कुसुम कुमारी श्रेष्ठले गत मङसिर १५ देखि २४ गतेसम्म जारी १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताका खेलाडीहरुले संघीय सरकार तथा प्रदेश सरकारबाट घोषणा भए बमोजिमको नगद पुरस्कार हालसम्म नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

त्यस्तै सांसद हिमाल कार्कीले प्रदेशसभा नियमावली २०७४ र पहिलो संशोद्यन २०७५ मा व्यवस्था भए बमोजिम नियम १२ को १, नियम ४१ र नियम ५८ (ख) को कार्यान्वयन यसै अधिवेशनबाट हुनुपर्नेमा जोड दिनुभएको छ ।

त्यसैगरि प्रदेश सरकारको तर्फबाट पेश गरिएको नीति तथा कार्यक्रम माथिको छलफललाई भने आज पनि निरन्तरता दिईएको छ ।

मङ्गलबार, २७ जेठ, २०७७, दिउँसोको ०२:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर