नीति तथा कार्यक्रम बुख्याँचा जस्तो –केदार कार्की

विराटनगर । प्रदेशसभामा प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतक केदार कार्कीले सरकारको नीति तथा कार्यक्रमलाई बुख्याँचाको संज्ञा दिनुभएको छ ।
बुख्याँच्या जस्तो नीति तथा कार्यक्रमले देशमा समृद्धि नआउने भन्दै उहाँले सरकारले सहरको मात्र विकास गर्न खोजेको तर गाउँको विकासलाई वेवास्ता गरेको टिप्पणी गर्नुभयो ।
सरकारले प्रभावकारी रुपमा कुनैपनि काम गर्न नसकेपछि घण्टौं लामो नीति तथा कार्यक्रम लेखेको आरोप कार्कीले लगाउनुभयो । उहाँले भन्नुभयो ‘काम नगरेपछि धेरै लेख्नुपर्छ तर यो धेरै लेख्ने बेला थिएन ।’

सरकारले हरेक वर्ष नयाँ नयाँ नाराहरु थप्दै गएको र पुरानो नाराहरु भुल्दै गएको आरोप पनि लगाउनुभयो । नारा थप्दैमा र छोड्दैमा देशमा समृद्धि आउदैन भन्ने कुरा सरकारले बुझ्नु पर्ने उहाँको भनाई थियो ।

अघिल्लो वर्ष नीति तथा कार्यक्रम वाचन गर्न एक घण्टा लागेको तर यस पटक दुई घण्टा लागेको भन्दै उहाँले आलोचना गर्नुभयो । उहाँले नीति तथा कार्यक्रममा प्रदेश प्रमुखले प्रदेशसभा सदस्यहरुलाई माननीय सदस्यहरु भनेर बाचन गरेको भन्दै सरकारको आलोचना गर्नुभयो । संसदको गरिमामा आँच पुग्ने गरी लेखिएको भन्दै उहाँले सरकारले माफि माग्नुपर्ने समेत बताउनुभयो ।

सोमबार, २६ जेठ, २०७७, दिउँसोको ०२:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर