विराटनगर । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बारेमा छलफल गर्न नेपाल कम्युनिष्ट पाार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ । बैठक सोमबार साँझ ४ बजेका लागि बोलाएको हो ।
पार्टीको निर्णय अनुरुप एमसीसीका सम्वन्धमा बजेटमा व्यवस्था भएको योजनामा फेरबदल गर्ने यस अघि निर्णय भएकोले पनि त्यस विषयमा टुंगो लगाउनै पर्ने वाध्यता नेकपामा छ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली एमसीसी संसदबाट पारित गराउने पक्षमा हुनुहुन्छ भने पार्टी अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल पूर्व अध्यक्ष झलनाथ खनाल, पार्टी माधवकुमार नेपाल लगायतका नेताहरु भने संशोधन गरेर मात्र एमसीसी पारित गर्न सकिने अडानमा हुनुहुन्छ ।
यस अघि एमसीसीबारे अध्ययन गर्न पार्टीले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा बनाएको कार्यदलको प्रतिवेदनबारे स्थायी कमिटीमा छलफल गर्नुपर्ने बताउँदै आउनुभएको छ ।