विराटनगर । पछिल्लो २४ घन्टामा नेपालमा २ सय १ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ ।
बुधबार नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । नयाँ संक्रमितहरुमा धनकुटा र सप्तरीका १÷१ जना, ताप्लेजुङका ३ जना, पाँचथरका १ जना, पर्साका ७ जना, दैलेखका १ जना, सल्यानका ३ जना, मोरंङ र झापाका २÷२ जना, तेह्रथुमका १ र सुनसरीका ८ जना रहेका छन् ।
त्यसैगरी कैलालीका ३, डोटीका २, कपिलवस्तुका ६९, पाल्पाका २ , रुपन्देहीका २६ , महोत्तरीका ९ , दैलेखका ६ , कालिकोटका ७ , दाङका ८ , प्युठानका २ , धनुषाका १ जना, काठमाडौँ मेडिकल कलेज र टोखाका गरी ३ जना, नवलपरासीका ८ , रौटहटका ११, रुपन्देहीका १, सर्लाहीका १५, सिन्धुपाल्चोकका १ जनामा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा।विकास देवकोटाले जानकारी दिनुभयो । हालसम्म निको भएर घर फर्केनहरुको संख्या २ सय ७८ पुगेको छ ।
हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक, रअर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक र दोलखाका एक गरी ९ जनाको मृत्यु भएको छ ।