उपेन्द्रको जसपा विभाजनपछि सत्ता समीकरणमा के असर होला ?

११ सांसद रहेको जसपामा अशोक राईको पक्षमा ८ र संस्थापनमा ३ सांसद रहने दाबी

विराटनगर । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपाल विभाजनको संघारमा पुगेको छ ।

पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ दल गठन हुने तयारी भएको छ । नयाँ दल आजै निर्वाचन आयोगमा दर्ता गर्ने तयारी गरिएको स्रोतको दाबी छ । नयाँ दलको नाममा नेपाल हटाएर जसपा मात्र राखिएको छ ।

विभाजनको पक्षमा ८ जना सांसद उभिएको स्रोतको दाबी छ । यसमध्ये सात जनाले हस्ताक्षर गरिसकेका छन् । यसमा राईसहित प्रदीप यादव, सुशीला श्रेष्ठलगायत छन् । जसपा अहिले सरकारमा सहभागी छ । जसपाका अध्यक्ष उपेन्द्र यादव आफैं उपप्रधान एव स्वास्थ्य तथा जनसंख्यामन्त्री छन् । यादव नेतृत्वको जसपा विभाजन भएसँगै प्रधानमन्त्री प्रचण्डले नेतृत्व गरेको सत्ता समीकरण के हुन्छ भन्ने चासो बढेको छ ।

प्रधानमन्त्री प्रचण्डलाई हाल प्रतिनिधिसभामा रहेका नेकपा (एमाले)को ७८, माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २१, जनता समाजवादी पार्टी (जसपा)को ११, एकीकृत समाजवादीको १०, नागरिक उन्मुक्ति पार्टीको ४ जना र स्वतन्त्र १ जना गरी १५७ जनाले समर्थन गरेका छन् । जसपा विभाजन भएर बन्ने नयाँ पार्टीमा ८ जना सांसद नेता अशोक राईको पक्षमा लागे भने प्रधानमन्त्रीलाई समर्थन गर्नेको संख्या १४९ हुन्छ । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि प्रधानमन्त्रीलाई १३७ सांसदको आवश्यक पर्छ । तत्कालै जसपा विभाजन भएर पनि प्रधानमन्त्रीको सत्ता समीकरण नै समस्यामा भने पर्ने अवस्था छैन ।

प्रतिनिधिसभामा अहिलेको दलहरुको सिट संख्या यस्तो छः

आइतबार, २३ बैशाख, २०८१, साँझको ०६:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर