पदम लिम्बूलाई शहीद घोषणा गर्ने मन्त्रिपरिषद्को बैठकको निर्णय

विराटनगर । पदमबहादुर लिम्बूलाई शहीद घोषणा गर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।

कोशी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनका क्रममा लिम्बुको निधन भएको थियो । शुक्रवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

प्रवक्ता शर्माले नामकरणसम्बन्धमा भइरहेको आन्दोलन र विरोधका सम्बन्धमा प्रदेशसँग वार्ता गरी अघि बढ्न केन्द्र सरकारले सहजीकरण गर्ने निर्णय भएको पनि बताइन् ।

शुक्रबार, २४ चैत, २०७९, बिहानको ११:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर