वाइसियल कटारीको अध्यक्षमा कार्की सर्वसम्मत

उदयपुर । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसियल) उदयपुरको कटारी नगरपालिकाको नगर अध्यक्षमा सन्देश कार्की सर्वसम्मत चयन भएका छन् ।

बिहीबार सम्पन्न दोस्रो नगर सम्मेलनबाट कार्की सर्वसहमत चयन भएका हुन् । यस्तै उपाध्यक्षमा विकल बराल, लोकेन्द्र मगर, रेनुका परियार चयन भएका छन् । यसैगरी सचिवमा भेषराज खत्री, सहसचिवमा रुद्र श्रेष्ठ, विजय पौडेल र दिनेश श्रेष्ठ रहेका छन्, भने कोषाध्यक्षमा कल्पना राई चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा ३६ जना चयन भएका छन् । जसमा पुष्कर बस्नेत, संजिव बस्नेत, प्रकाश बस्नेत, बलराज मगर, चित्र दनुवार, विन्दा सेवा, अप्सरा राई, सुवास कार्की, राकेश राई, अर्जुन मगर, निर्मल धमला, तुलसी भट्टराई, नेत्र तामाङ, बिष्क बहादुर बलम्पाकी मगर, प्रेमबहादुर थापा मगर, अमर बहादुर बरुवाल, इन्द्र बहादुर खत्री, राजन रसाइली, एकराज राई, सानु परियार, सुरहरी बराल, रन्जनदाहाल, जगत राई, हेमबहादुर अधिकारी, गोपाल परियार, प्रवेशकुमार दनुवार र धिरेन्द्र दनुवार रहेका छन् ।

नगर सम्मेलनको उद्घाटन गर्दै माओवादीको केन्द्रीय सदस्य भेषकुमारी राउत कोपिलाले वाइसियल पार्टीको सहायक संगठन भएकोले जनताका जनजीविकासँग जोडिएका मुद्दामा खरो रुपमा उत्रिनु पर्ने बेला आएको बताइन् । नगर सम्मेलमा वाइसियल नगर संयोजक प्रदिप राउतको सभापतित्वमा सम्पन्न भएको थियो । माओवादीकै केन्द्रीय सदस्य केपी बराल, माओवादी केन्द्रका कटारी नगर अध्यक्ष कमल श्रेष्ठ, सचिव तथा वाइसियल जिल्ला संयोजक इश्वर पोखरेल, माओवादी केन्द्र कटारी पूर्व नगर अध्यक्ष मणीराज दाहाललगायतका नेताहरुको उपस्थिति थियो ।

शुक्रबार, २६ बैशाख, २०८२, दिउँसोको ०२:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर