८ वर्ष सम्म निर्माण नसकिएको तुर्के खोलाको पुल

विराटनगर । चार वर्ष अगाडि मोरङको केरावारी ९ भलुवाक डिल्लिराम आचार्य आफुले उत्पादन गरेका कृषि जन्य बस्तु देखि दुध बजारमा लगेर बेच्न सहज हुने भयो भनेर खुसि भएका थिए । उनले हौसिएर दुघ बेच्न सहज हुने आशा राख्दै गोठमा गाई पनि थपे । बर्खामा पनि हिउदमा जस्तै आफुले उत्पादन गरेका बस्तु बेच्न पाइने भयो भनेर खुसि बनेका आचार्य अहिले भने गाई नपाल्ने निर्णयमा पुगेका छन । आठ बर्ष अगाडि तुर्के खोलामा पुल बन्ने भयो भनेर खुसि भएर गाई थपेका आचार्य अब गाई नपाल्ने निर्णयमा पुगेका छन ।

तुर्के खोलामा पुल नबनेपछि बर्खा लागेपछि दुध तथा कृषि जन्य बस्तु उत्पादन बजारमा पु¥र्याउन समस्या भएकाले बजारमा लानेगरी उत्पादन नगर्ने निर्णयमा पुगेको उनि बताँउछन । उनि जस्ता धेरैले त्यो समस्या भोग्नु परेको छ । ८ वर्ष अगाडि तिन वर्षमा सक्ने गरी ठेक्का लागेको पुल अहिले सम्म निर्माण नहुँदा भलुवा बासिले बाढि आएपछि समस्या भोग्नु परेको छ ।

उनिहरु कहिले जिल्ला प्रशासन ता कहिले मुख्यमन्त्री कार्यालयमा धाएको ५ वर्ष भन्दा बढी भयो । ठेकेदारलाई खबरदारी गरिदिन आग्रह गर्दै उनीहरू लामो समय देखि विभिन्न कार्यालयमा धाएपनि उनीहरूको माग भने सुनवाइ भएको छैन ।

मोरङका तिन पालिका जोड्ने पुल लामो समय देखि अलपत्र अवस्थामा रहेको भन्दै उनीहरू खबरदारी गरिदिन माग राख्दै विभिन्न कार्यालयमा धाएका हुन । मोरङको बेलबारी केराबारी र लेटाङ जोड्ने पुल अलपत्र अवस्थामा हुँदा स्थानीयले सास्ती खेप्नु परेको छ । केराबारी ९ को तुर्के खोलामा ३० मिटर लम्बाइको पुल बनाउन केन्द्रीय योजनामै चार करोड ५५ लाख बजेट छुटाइएको थियो । २०७१ साल निलगिरी कन्स्ट्रक्सनले ठेक्का मार्फत उक्त पुल निर्माणको जिम्मा पाएको थियो । ८ वर्ष बित्न लाग्दा समेत पुल निर्माणको काम सकिएको छैन । पुल निर्माण कार्य लथालिङ्ग भएपछि स्थानीय बासिन्दालाई बर्सातको समयमा आवत जावत गर्न कठिनाइ परेको हो । केराबारी ९ भलुवा, घंघरु, लाख लगायतका बासिन्दालाई बेलबारी आवत जावतका लागि बाढीका कारण सास्ती नै खेप्नु परेको छ । तर ठेकेदारको लापरबाहीको कारण पुल निर्माण हुन नसकेको केराबारी ९का वडा सदस्य सुमन ढकालले बताए । खोला बढेपछि भलुवासि अस्पताल जान समेत सक्दैनन् । अन्य बैकलप्कि बाटो समेत नभएकाले बर्खा लागेपछि उनीहरू बिरामी हुनु नपरोस् भनेर भगमानको नाम जपेर बस्ने गरेको सदस्य ढकालले बताउँछन् ।

पुल निर्माण कार्य सम्पन्न नहुँदा यसको असर केराबारी ९ को भलुवा,घंघरु,भालुगौंडे लगायतका बासिन्दाहरूले प्रत्यक्ष रूपमा भोग्नु परिरहेको छ । तुर्के खोलामा बाढी आउन साथ दैनिक रूपमा चल्ने यातायातका साधन अवरुद्ध हुँदा स्थानीय बासिन्दाहरू सास्ती झेल्दै आउनु परेको छ । दैनिक ६ सय जनाले यो खोला हुँदै हिँड्ने गरेको स्थानीयको भनाइ रहेको छ । पाँच वटा निजी र एउटा सरकारी विद्यालयका विद्यार्थी बोक्ने सवारी साधन चल्ने यो बाटोमा बाढीका कारण कहिले विद्यार्थीहरू स्कुलै जान नपाउने समस्या छ ।

पुल अलपत्र अवस्थामा छाडिएपछि २०७६ फागुनमा केराबारी ९का जनता तिन बस र ४० वटा मोटरसाइकलमा मुख्यमन्त्री कार्यालय विराटनगर आएका थिए । तर उनीहरूले तत्कालीन मुख्य मन्त्री शेरधन राईलाई भने भेट्न पाएनन् । आक्रोशित भएर आएको भनेर मुख्यमन्त्री राईको निजी सचिवालयले उनलाई सुनाएपछि कार्यालयमै आएका जनताको गुनासो समेत राईले सुनेनन् । केही बेर मुख्यमन्त्री कार्यालयमै धर्ना दिएर उनीहरू निराश हुँदै फर्केका थिए । उनीहरूले त्यसपछि विभिन्न मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयहरू धाएपनि निर्माणको कामले गति लिन सकेको छैन । केहि दिन वडाका जनप्रतिनिधि सहितको टोलि आएर मोरङका प्रमुख जिल्ला अधिकारी काषिराज दाहाललाई भेटेर ठेकेदारलाई कार्वाहि गर्न माग गरेका थिए । त्यपछि जिल्ला प्रशासन कार्यालयले ताकेता गरेपछि ठेकेदारले कामदार पठाएपनि महिना दिन जति काम गरेर कामदार हिडेको स्थानियको भनाइ रहेको छ ।

पुल निर्माण कार्यमा ढिलाइ भएको विषयमा निलगिरी कम्पनीका प्रबन्धक युवराज डाँगीले स्वीकार गर्दै समयमै काम गर्दै मंसिर पुस सम्ममा पुल हस्तान्तरण गरिसक्ने बताए । सडक डिभिजन कार्यालयले नै ठेक्का लागेपछि रिडिजाईन गर्ने भनेर तिन वर्ष लगायो । कोरोनाका कारणले पनि काम गर्न पाइएन । यही असार मसान्त सम्ममा हस्तान्तरण गर्ने योजना बनाए पनि रडको दाम अत्यधिक बढेकाले ढिलो भयो उनले भने ।
तुर्के खोलाको पुल अहिले भोट माग्ने थलो मात्रै बनेको भनेर स्थानीय आक्रोशित समेत बन्न थालेका छन् । स्थानीय प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा त्यही पुल बनाउने आश्वासन दिएर भोट मागिए पनि पुल निर्माणको काम भने कछुवाकै गतिमा रहेको छ । केराबारी गाउँपालिका पहिलो कार्यकाल सकेर दोस्रो कार्यकालका लागि जनप्रतिनिधिहरू आए पनि तुर्के खोलाको पुल जस्ताको तस्तै छ ।

पुल निर्माण गर्ने एजेन्डा लिएर चुनाव जितेका प्रदेश सांसद उपेन्द्र घिमिरे मन्त्री समेत भएका छन । तर पुल निर्माणको कामले भने गति लिएको छैन । जनता सँग सगै कायौन्वन गराउने निकायमा पुगेपनि काम नहुदाँ चिन्ताको विषय भएको बताउँछन । निर्माण ब्याबसायिलाई हामिलाई कार्वाहि गर्ने अधिकार छैन उनले भने राज्यले काम नगर्ने ठेकेदारलाई कालो सुचिमा राखेमात्रै छिटो काम हुन्छ भन्ने निश्कर्षमा पुगेका छौं । पुल नबन्दा जनताले ठुलो समस्या भोग्नु परेको उनि बताँउछन ।

पुल नबन्दा वडा कार्यालयले नबन्दा दुई स्थानमा वडा कार्यालय राखेर सेवा दिनु परेको केरावारी ९का वडा अध्यक्ष गोपाल राइले बताए । पुल बने एकै ठाँउवाट सेवा दिने उनि बताँउछन । घंगरु तथा देवि झोडामा दुई वटा कार्याल राख्नु परेको उनि बताँउछन । ठेकेदारलाई ताकेता गरिदिनका लागि मन्त्री देखि जिल्ला प्रशासन लाई गुहारे पनि पुल निर्माणको कामले गति नलिएको उनि बताँउछन ।

मङ्गलबार, २१ असार, २०७९, बिहानको ०९:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर