किमाथाङ्का भन्सार सहयोगीको भरमा

संखुवासभा । सङ्खुवासभाको किमाथाङ्का भन्सार कार्यालय कर्मचारी बिहिन छ । नौ जनाको दरवन्दी रहेको कार्यालयमा एक जना कार्यालय सहयोगी मात्र रहेका छन् ।

किमाथाङ्का भन्सार कार्यालयमा कर्मचारीबिहिन हुँदा भोटखोलाबासीले सास्ती पाएका छन् । किमाथाङ्का भन्सार कार्यालय गत कात्तिक ७ गतेदेखि एक जना कार्यालय सहयोगीको छ । कार्यालयका प्रमुख बलबहादुर श्रेष्ठको भैरवहा भन्सार कार्यालय सरुवा भएपछि कार्यालउमा सहयोगी मात्र रहेका हुन् ।

उत्तरी क्षेत्रमा किमाथाङ्का वि.स.२०३५ सालमा किमाथाङ्का भन्सार कार्यालय स्थापना भएको थियो । तर, द्धन्द्धका कारण भोटखोलाको हटियामा रहेको सिमा भन्सार २०५७ साल देखि सदरमुकाम खाँदबारी रहेको छ । किमाथाङ्का भन्सार कार्यालय अहिले कोष तथा लेखा नियन्त्रकको कार्यालय भवनमा राखिएको छ ।

किमाथांका सीमा भन्सार कार्यालयले करिव २३ वर्षदेखि सदरमुकाम खाँदबारीमै राखेका कारण सेवाग्राहीले सास्ती पाइरहेका छन् । किमाथाङ्का सीमा भन्सारको कामका लागि ३–४ दिनको पैदल यात्रा तय गरेर सेवाग्राहीले राजस्व बुझाउन सदरमुकाम खाँदबारी नै आउनु पर्ने बाध्यता रहेको छ ।

भन्सार कार्यालय सदरमुकाममै भएपछि सेवा झन्झटिलो भएको हो । किमाथाङ्का नाका गत जेठ १२ गते सञ्चालनमा आएपनि भन्सार कार्यालय नहुँदा भोटखोलाबासीले सास्ती पाएका हुन् । भन्सार कार्यालयले गत वर्ष ७५ हजार ५५७ रुपैयाँ राजश्व संकलन गरेकोे थियो ।

गत जेठ १२ गते नाका सञ्चालनमा आएपछि किमाथाङ्का भन्सार कार्यालयले १ लाख ८० हजार रुपैयाँ राजश्व संकलन गरेको छ । किमाथाङ्का नाकाबाट खाद्यान्न, दैनिक उपभोग्य वस्तु, लत्ताकपडा, इलोक्ट्रोनिक, जुडिबुटी लगायत सामान आयात निर्यात गर्दा राजश्व बुझाउन भने सरदरमुकाम खाँदबारी आउनुपर्ने बाध्यता छ ।

किमाथाङ्कावासी सीमापारी चिनियी बजार चाँगा, देन्दाङबाट उपभोग्यसहितका सामान आयात गर्दै आएका छन् । किमाथाङ्का सीमा भन्सार नाकाबाट ८० प्रतिशत धेरै बढी चौरीको पुच्छर आयात हुने गरेको पाइएको छ । खाँदबारीदेखि किमाथाङ्काको दूरी १२ किलोमिटर छ ।
फोटो.

आइतबार, ०२ मंसिर, २०८१, बिहानको ०८:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर