विराटनगर । सुनसरीको धरान उप–महानगरपालिका–१३ साराङ्गबाट ट्रकमा लाोड गरेर ल्याउँदे गरेको एक हजार ४२० केजी गाँजा प्रहरीले बरामद गरेको छ ।
बिहीबार बिहान इलाका प्रहरी कार्यालय धरानले मुला लोड गरेर ल्याउँदै गरेको ट्रकबाट गाँजासमेत बरामद गरेको हो ।
प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको को १ ख ४७३३ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गर्दा ट्रकमा मुलाको बोरासँगै लोड गरिएको ४४ वटा सेतो बोरामा गाँजा फेला पारेको हो । लागुऔषध गाँजासहित मोरङको सुन्दर हरैचा नगरपलिका–७ गछियाका ३४ बर्षीय राजकुमार दाहाल र धनकुटाको सहिदभुमी गाउँपालिका–७ का ४१ बर्षीय भुपेन्द्र राईलाई नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिइएको छ ।
नियन्त्रणमा लिईएको गाँजा, ट्रक र पक्राउ परेका उनीहरुको सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान गरिरहेको छ । उनीहरुले ट्रकमा मुला ओसारपसार गरेजस्तो देखाएर गाँजाको अवैध धन्दा चलाउने गरेको प्रहरीको भनाइ छ ।
गाँजा बरामद गरेर ट्रक नियन्त्रणमा लिएको प्रहरीले दुवै जनामाथि अनुसन्धान सुरु गरेको छ । उनीहरुविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।