अनेरास्ववियु (क्रान्तिकारी) डिग्री क्याम्पस इकाई समितिमा चौधरी

विराटनगर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) डिग्री क्याम्पसको छैटौं सम्मेलन शुक्रबार विराटनगरमा सम्पन्न भएको छ । सम्मेलनबाट ३५ सदस्यीय नयाँ समिति चयन गरिएको छ।

नवनिर्वाचित समितिको अध्यक्षमा रुबिना चौधरी रहेकी छिन् । सम्मेलनबाट चार जना उपाध्यक्षहरू दर्शन शाह, यसिर जमाल, अरुण शाह र पप्पु शाह चयन भएका छन् ।

यस्तै रुपेश यादव सचिव पदमा निर्वाचित भएका छन् भने रवीन्द्र यादव, रञ्जित पासवान, विभेस महतो र दिक्षा धाडेवा सहसचिवहरूको रूपमा चयन भएका छन्। मनिष यादवले कोषाध्यक्षको जिम्मेवारी सम्हाल्नेछन्।

यी ११ पदाधिकारी बाहेक अन्य २४ सदस्यहरू पनि समितिमा रहेका छन्। नयाँ नेतृत्वले विद्यार्थी आन्दोलनलाई थप सशक्त बनाउने र शैक्षिक क्षेत्रमा सुधारका लागि काम गर्ने प्रतिबद्धता जनाएको छ।

शुक्रबार, २५ साउन, २०८१, साँझको ०६:४७ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर