कटारी अस्पताल ५० शय्यामा स्तरोन्नतिसँगै प्रदेशमा हस्तान्तरण

विराटनगर । उदयपुरको कटारीमा सञ्चालित नगर अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्दै कोशी प्रदेश सरकारलाई हस्तानतरण गर्न संघीय सरकारले स्वीकृति दिएको छ ।

कटारी अस्पतललाई ५० शय्यामा स्तरोन्नति गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न केही दिन अगाडी बसेको मन्त्रीपरिषद् बैठकले स्वीकृत प्रदान गर्ने निर्णाय गरेको हो ।

अस्पताल सञ्चालनको लागि आर्थिक दायित्व र कर्मचारी व्यवस्थापन प्रदेश सरकारले गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ५० शय्यामा प्रादेशिक अस्पतालमा स्तरोन्नति भइ प्रदेश सरकारलाई संघीय सरकारबाट पनि हस्तान्तरणको लागि स्वीकृत प्रदान भएर आएकोले यस क्षेत्रका बिरामीलाई उपचारमा सहज हुने सो क्षेत्रका प्रदेश सांसद तथा निवर्तमान मन्त्री रामकुमार खत्रीले बताए ।

सांसद जितेदेखि नै कटारी अस्पताललाई ५० शय्यामा बिस्तार गरी उपचारमा सहजता प्रदान गर्ने पहल खत्रीले गर्दै आएका थिए । कटारी क्षेत्रवासी जनताको सहज स्वास्थ्य पहुँच विस्तार गर्न कटारी अस्पताललाई प्रादेशिक अस्पतालमा लानुपर्ने आवश्यकता रहेकाले यो निर्णय गरिएको उनको भनाइ छ ।

प्रादेशिक अस्पताल भएपछि कटारीबासीका लागि मात्र सेवा लिने अस्पताल नभई छिमेकी जिल्लाहरु सिन्धुली, सोलुखुम्बुु, ओखलढुंगा र खोटाङदेखि र सिराहासम्मका स्थानीयले सेवा लिने बताइएको छ ।

बुधबार, १६ साउन, २०८१, साँझको ०५:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर