विराटनगर । इलाम २ को शनिबार समपन्न उपनिर्वाचनको मतगणना आइतवार विहान बिहान ११ बजे शुरू हुने भएको छ ।
आज विआन बसेको सर्वदलीय बैठकमा सहमति भएसँगै मतगणना ११ बजे शुरू हुने भएको हो ।
बैठकमा दलहरूले निर्वाचन निर्देशिका २०७९ मा भएको कानूनी व्यवस्थालाई अनिवार्य पालना गर्नेलगायत ६ बुँदे सहमति गरेका छन् ।
फाकफोकथुम गाउँपालिकाबाट मतगणना शुरू गर्ने सहममति भएको छ । त्यसपछि चुलाचुली, माङ्सेबुङ गाउँपालिका माई, देउमाई र इलाम नगरपालिकाको गणना गर्ने सर्वदलीय वैठकले निर्णय गरेको छ ।
शनिबार साँझ ५ बजे सम्पन्न इलाम २ को प्रतिनिधिसभा उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको छ ।
एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतदान गर्नेमा ३५ हजार १३५ पुरुष, ३४ हजार १५० महिला र २ जना अन्य छन् । महिलाको तुलनामा मतदान गर्ने पुरुषको संख्या ९८५ जना बढी छ ।
इलाम–२ मा १२ राजनीतिक दल र ७ स्वतन्त्र गरी जम्मा १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।