विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विभिन्न जातिले उठाएको पहिचानको मुद्दालाई सम्हालेर लैजाने दल कांग्रेस भएको जिकिर गरेका छन् ।
बिहीवार इलामको फाकफोकथुम गाउँपालिका–३ आमचोकमा आयोजित घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई सम्हाल्ने नेतृत्व कांग्रेसले मात्र गर्न सक्ने दाबी गरे ।
‘यो बेलामा उचाल्ने होइन, सम्हाल्ने पार्टी चाहिएको छ । पहिचानको मुद्दालााई सम्हालेर लैजान सक्नुपर्छ । सम्हालेर लैजाने पार्टी काग्रेस हो,’ उनले भने ।
इलाम–२ को प्रतिनिधिसभाको उपनिर्वाचनमा कांग्रेसबाट डम्बर खड्काको भोट माग्न इलाम आएका महामन्त्री थापाले देशलाई सम्हाल्ने पार्टीको नेतृत्व चाहिएको समेत बताएका छन् ।
इलाम –२ मा नेकपा (एमाले) सुहाङ नेम्वाङ उम्मेदवार छन् भनेराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बू मैदानमा छन् ।
इलाम–२ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।