काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएका छन्। बुधबार प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन्।
मुख्यमन्त्री शर्माले आइतबार विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभामा पत्र दर्ता गराएका थिए।
तर, केन्द्रमा सत्तागठबन्धन दलहरूबीच भएको सहमतिअनुसार कर्णाली प्रदेश एमालेको भागमा परेपछि उनले विश्वासको मतको कार्यक्रम एक दिन पछि सारेका थिए ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनविपरीत विश्वासको मत लिने अडानमा रहेका मुख्यमन्त्री शर्माले राजिना दिएर एमालेलाई बाटो खुल्ला गरीदिएका छन् ।