यसरी फेरियो नेकपामा कुर्सीको सेटिङ्ग

विराटनगर । नेकपाको सचिवालय बैठक सुरु भएको छ । आजको बैठकमा सचिवालय बैठकको सिट सेटिङमा परिवर्तन भएको छ ।

पहिले अध्यक्ष तथा प्रधानमन्त्री ओली उपस्थित बैठकमा अर्का अध्यक्ष प्रचण्डलाई अन्य सचिवालय सदस्य नेताहरुकै लहरमा बस्ने व्यवस्था गरिएको हुन्थ्यो । तर शनिबारको बैठकमा भने अध्यक्ष प्रचण्डका लागि प्रधानमन्त्री ओलीकै लाइनमा बस्ने कुर्सीको व्यवस्था गरिएको छ ।

कुर्सी पनि समान खालको राखिएको छ । पहिले प्रधानमन्त्री तथा अध्यक्ष ओलीका लागि फरक कुर्सीको व्यवस्था गरिएको हुन्थ्यो ।

शनिबारको बैठकको सेटिङ्ग
बुधबारको बैठकको सेटिङ्ग

लामो कसरत पछि पार्टी सचिवालयमा बहुमत जुटाएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकको सिट सेटिङ् परिवर्तन गर्नु लगाएको अनुमान गरिएको छ । सचिवालयमा बहुमत जुटेपछि पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद गुम्ने अवस्था पार लागेकोले उहाँले प्रचण्डलाई कार्यकारी अध्यक्षको रुपमा स्वीकार गरेको सन्देश दिन पनि सिट सेटिङ परिवर्तन गरेको हुनसक्ने बताइएको छ ।

नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले सचिवालयमा बहुमत जुटेपछि बैठकको कुर्सी सेटिङ परिवर्तन भएको भन्ने स्टाटस फेसबुकमा सार्वजनिक गर्नुभएको हो । पछिल्लो पटक प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डलाई आफुलाई पुरै समय प्रधानमन्त्री चलाउन दिन आग्रह गर्दै प्रचण्डलाई पार्टी चलाउन आग्रह गर्नुभएको थियो ।

पछिल्लो समय सचिवालय सदस्य बामदेव गौतम प्रधानमन्त्रीको राजिनामाको सर्तबाट पछाडि हटेपछि स्थायी समिति बैठकसमेत अनिश्चित हुने सम्भावना देखिएको छ । यद्यपी नेता गौतम आगामी दिनमा कसरी अघि बढ्ने हुन् भन्ने विषयमा निष्कर्शमा भने पुगिनसकेको बताइन्छ ।

शनिबार, २० बैशाख, २०७७, साँझको ०६:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर