प्रचण्ड र देउवाबीच सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने सहमति भएको कांग्रेसका नेताहरूको दाबी

विराटनगर । कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउनकै लागि उम्मेदवार बनाएको नेपाली कांग्रेसका नेताहरूले बताएका छन् ।

सिटौलाको मनोनयन दर्ता गर्नु अगाडि कांग्रेस कोशी प्रदेश समितिको कार्यालयमा गठबन्धनका नेताहरूबीच छलफल भएको थियो । छलफलमा कांग्रेसका डा। नेता शेखर कोइराला र महामन्त्री विश्वप्रकास शर्मा पनि सहभागी थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने सहमति भइसकेको नेता शखेर कोइरालाले बताएका बैठकमा सहभागी एक नेताले भने ।

साथै बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले पनि सिटौलाले अब राष्ट्रिय सभाको नेतृत्व गर्ने बताएका थिए ।

उक्त भेलामा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका नेताहरू सहभागी भएका थिए ।

मनोनयन दर्ता गर्न जाँदा सिटौला र चम्पा कार्कीसँगै पुगेका थिए ।

सोमबार, २३ पुष, २०८०, साँझको ०७:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर