जारी विश्व कप क्रिकेटमा देखियो नेपाली झण्डा, भारतको गुम्यो ५ विकेट

विराटनगर । भारतको अहमदाबादमा आज जारी विश्वकप क्रिकेट २०२३ मा विराटनगरका तीन युवाले नेपालको राष्ट्रिय झण्डा फहराएका छन् ।

दर्शकको रुपमा विश्वकप हेर्न पुगेका उनीहरुले नेपालको झण्डा फहराएका हुन् । विराटगरका उद्योगी–व्यवसायी मनोजकुमार चौहान, व्यवसायी विनोद घिमिरे र फुटबलका पूर्व रेफ्री किरण गिरीले नेपालको झण्डा फहराएका हुन् ।

अहिलेसम्म जारी विश्वकप क्रिकेटमा भारतले ब्याटिङ गरिरहेको छ । ३६ ओभर सकिँदा भारतले ५ विकेट गुमाउँदै १७८ रन बनाएको छ ।

आइतबार, ०३ मंसिर, २०८०, साँझको ०५:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर