विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय फूटबल टोलीको घोषणा

काठमाडौं । अखिल नेपाल फूटबल संघ (एन्फा)ले फिफा विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय फूटबल टोली घोषणा गरेको छ ।

शुक्रबार घोषणा गरीएको नेपाली टोलीमा किरणकुमार लिम्बू, दीप कार्की, अभिषेक बराल, सनिश श्रेष्ठ, रोहित चन्द, अञ्जन राई, आकाश चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा र योगश गुरुङ छन्।

त्यस्तै, लाकेन लिम्बू, उत्सव राई, कृतिष रत्न छुन्जु, मनिष डाँगी, सेसेहाङ आङ्देम्बे, निशान हमाल, अन्जन विष्ट, आयुष घलान, जिलेस्पी जङ कार्की, हिसुब थपलिया, सन्जीब विष्ट र राजेश परियार राष्ट्रिय टोलीमा समेटिएका छन्।

प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले २३ खेलाडी छनोट गरेका हुन्।

नेपालले दोस्रो चरणको छनोट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा कात्तिक ३० गते यूएईसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल यूएईमा हुनेछ।

नेपालले मंसीर ५ गते यमनसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल भने काठमाडौंको दशरथ रंगशालामा हुनेछ।

शुक्रबार, २४ कार्तिक, २०८०, साँझको ०५:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर