मालपोत कार्यालय सुनसरीका नायब सुब्बा र खरिदार विरुद्ध भ्रष्टाचार मुद्दा

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय सुनसरीका नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जग्गा नामसारी गरेबापत सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा नासु कटुवाल र खरिदार अधिकारीविरुद्ध बिहीवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार घुस मागको सूचनाका आधारमा आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले गत असोज १२ गते उनीहरूलाई पक्राउ गरेको थियो ।

उनीहरूलाई कैद र बिगो बमोजिमको जरिवानाको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता दाहालले जानकारी दिए ।

बिहिबार, २३ कार्तिक, २०८०, साँझको ०५:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर