काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट एसिया छनोटअन्तर्गत नेपालविरुद्ध ब्याटिङ गरिरहेको सिंगापुरले पहिलो ओभरमै पहिलो विकेट गुमाएको छ । सिंगापुरका अरित्र दत्त शून्यमा आउट भएका छन ।
उनलाई नेपालका करण केसीले आउट गरेका हुन् ।
सोमबार बिहान टियू क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको सिंगापुरले खाता नखोल्दै एक विकेट गुमाएको हो ।
प्रतियोगिताको पहिलो दिन आज कुल चार खेल हुनेछन् । टियूमा नेपाल र सिंगापुरबीच खेल भइरहँदा मुलपानी क्रिकेट मैदानमा बहराइन र यूएईबीच दोस्रो अर्को खेल भइरहेको छ ।