काडमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट एसिया छनोटअन्तर्गत नेपालले आज सिंगापुरविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । सोमबार बिहान टियू क्रिकेट मैदानमा टस हारेर नेपालले बलिङको निम्तो पाएको हो ।
सिंगापुरले टस जितेर ब्याटिङ रोजेको छ ।
विश्वकप छनोटको आफ्नो पहिलो खेलमा सिंगापुरविरुद्ध जितसहित सुखद् शुरूआत गर्ने लक्ष्य साथ नेपाल मैदान उत्रिएको छ ।
प्रतियोगिताको पहिलो दिन आज कुल चार खेल हुनेछन् । टियूमा नेपाल र सिंगापुरबीच खेल भइरहँदा मुलपानी क्रिकेट मैदानमा बहराइन र यूएईबीच दोस्रो अर्को खेल हुनेछ ।
यसैगरी सोमबार नै कीर्तिपुर मैदानमा मलेसिया र ओमानबीच तेस्रो खेल हुनेछ । त्यो खेल नेपाली समयानुसार, दिउँसो १स्१५ बजे शुरू हुनेछ ।
सोही समयमा मुलपानी क्रिकेट मैदानमा हङ्कङ र कुवेतबीच चौथो खेल खेलाइने छ ।
आजदेखि शुरू हुने प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी छन् । जसलाई दुई समूहमा विभाजन गरिएको छ ।
नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् । यस्तै, समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स ९यूएई०, बहराइन, हङकङ र कुवेत छन् । प्रत्येक समूहबाट शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् ।
आगामी टी–२० विश्वकपका लागि एसियाली क्षेत्रको यो अन्तिम छनोट प्रतियोगिता हो । यो प्रतियोगिताबाट दुईवटा राष्ट्र आगामी टी(२० विश्वकपमा छनोट हुनेछन् ।