गणेश लम्साल
कोशी प्रदेश सभाको पहिलो कार्याकालको पाँच वर्षमा दलहरु राजधानीको नामकरण गर्न सफल भए । उनीहरुले जसअपजसबीच पनि धन्यवाद पाए । तर प्रदेशको नामकरण गर्न नसकेपछि उनीहरु उसैगरी आलोचित बने । कसैले चुनावका बेला क्षमा मागे भने कसैले अर्को दललाई अरोप लगाए । प्रदेश सभाको दोस्रो निर्वाचनपछि २४ फागुन २०७९मा दलहरुले दुई तिहाई बहुमतले १ नम्बर प्रदेशको नामकरण कोशी प्रदेश टुंगो लगाए ।
तर, प्रदेशको नामकरण भएपछि पहिचानवादीहरु असन्तुष्ट भए । आन्दोलन थाले । पुनः नामकरण गर्नुपर्ने माग गर्दै आन्दोलन थाले । शान्तिपूर्ण भनिएको र समान्य भनिएको त्यो आन्दोलन अहिले चुनौतीपूर्ण बनिरहेको छ ।नामकरणपछि कोशी प्रदेश अशान्त छ । एक जना प्रर्दशनकरीको मृत्यु भैसकेको छ भने दजर्नौं प्रर्दशनकारी र प्रहरी घाइते भैसकेका छन् । राज्य र प्रर्दशनकारीको तर्फबाट लाखौं रुपैयाँ खर्च पनि भैसेकेको छ ।
आन्दोलन र पहिचानका बारेमा यहाँ धेरै कुरा गर्न सम्भव छैन । तर पनि सारमा केही कुरा राख्नु उपयुक्त हुन्छ होला ।पछिल्लो समय नामलाई लिएर केही घटना भाइरल भए । उपसभामुख सिर्जना दनुवारलाई उदयपुरमा र एमालेका संसदीय दलको नेता राम रानामाथि इलाममा भएको दुव्र्यवहारको घटना । यो घटनाले प्रदेशमा मात्र हैन संघमा पनि चर्चा पाइसकेको छ ।
अब आफ्नै प्रदेशतिर लागांै । २६ जेठमा संसदीय पत्रकार मञ्चले आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षणमा उपसभामुख सिर्जना दनुवारले आफूलाई नियोजित रुपमा आक्रमण गरेको तर चालकको सुझबुझले बचेको बताइन् । २७ जेठमा सोही तालिमको समापन क्रार्यक्रमा समाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले आफ्नो सत्ताधारी दल एमालेलाई नफकाएसम्म प्रदेशको पुनः नामकरण असंभव भएको बताए । अल्पमतको सरकारसँग भएपनि असन्तुष्ट पहिचानवादीहरु वार्तामा आउनु पर्ने उनको भनाइ थियो ।
यता कोशी प्रदेशमा एमाले नेतृत्वका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ । त्यसैले राजीनामा दिनुपर्ने दबाब पनि बढिरहेको छ । तर कोशी प्रदेश सरकारले संसदको चालु अधिवेशन स्थगित गरेर अध्यादेशबाट बजेट ल्याउने तयारी पनि गरिररहेको छ । जसको विपक्षी दलहरुले चर्को विरोध गरिरहेका छन् ।
कोशी प्रदेशमा आगामी के हेला ? बजेट आउला कि नआउला, आए कसरी आउला र सरकार कसरी बन्ला भन्ने कौतुहलता छ । सँगै पुनः नामकरणको कुरा कसरी समाधान होला र अल्पमतको सरकारले गठन गरेको वार्ता समितिसँग कसरी संवाद होला ? नयाँ गठबन्धनको सरकार बन्यो भने त्यो सरकारले कसरी समाधान गर्ला भन्ने चासो पनि छ ।
अलि लामै कुरा गर्ने बानी परेको यो पंक्तिकार चाहिँ सत्ताको स्वार्थमा अन्धो हुँदा अहिले कोही वार्ता समिति बनाउन र कोही आन्दोलनलाई सर्मथन गर्न लागिपरेका छन् । उनीहरु बिचमा गम्भीर आरोप प्रत्यारोप पनि चलिरहको छ । यो सबै हेर्दा बुभ्mदा मलाई चाँही यो छोटो कमेन्टमा भन्न मनलागेको छ, ‘उहिले मरिन सासु अहिले आउदै छ आँसु ।’