काठमाडौं । सरकारले अनुसन्धान, नवप्रवर्तन, आविष्कारका लागि १ अर्ब रूपैयाँ बजेट विनियोजन गरेको छ।
संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले शिक्षा मन्त्रालयमार्फत एउटा छुट्टै कोष गठन गरी उक्त रकम खर्च गरिने बताए ।