भ्याक्सिनविना कोरोना रोक्न कठिनः डब्लुएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भ्याक्सिनको निर्माण नभएसम्म कोरोना भाइरस संक्रमणलाई रोक्न कठिने हुने जनाएको छ ।

एक प्रभावकारी भ्याक्सिनले मात्र कोरोना संक्रमणलाई पूर्ण रुपमा रोक्नसकने डब्लुएचओको निश्कर्ष छ ।

डब्लुएचओका प्रमुख डा.टेड्रोस एदनाम गेब्रियससले कोरोना भाइरस स्वाइनफ्लुभन्दा १० गुणा खतरनाक भएको बताउँदै यसलाई रोक्न प्रभावकारी भ्याक्सिनको अनिवार्यतामा जोड दिनुभएको हो । सोमबार नियमित पत्रकार सम्मेलनमा गेब्रियससले भ्याक्सिन नबनेसम्म कोरोनाको संक्रमण रोक्ने प्रयास अस्थायी मात्र हुने चेतावनी दिनुभएको छ ।

कोरोनाको भ्याक्सिन उत्पादनमा शक्तिराष्ट्रहरु लागिपरे पनि सफलता पाउन सकेका छैनन् । कोभिड १९ तीव्र रुपमा फैलिरहेको बताउँदै डब्लुएचओले यो २००८को स्वाइन फ्लुभन्दा १० गुणा खतरनाक रहेको जनाएको छ ।

सन् २०१९ को डिसेम्बरमा चीनको हुबेई प्रान्तस्थित बुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण विश्वभर फैलिइसकेको छ । कोरोनाबाट झण्डै २० लाख मानिस संक्रमित छन् भने १ लाख बढीको ज्यान गइसकेको छ ।

मङ्गलबार, ०२ बैशाख, २०७७, बिहानको ०७:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर