सरस्वती मोहोरा
अन्याय माक्र्सवादी वा गैरमाक्र्सवादी अथवा महिला वा पुरुष जो कसैलाई भएपनि उसले न्याय पाउनुपर्छ । सरीताजीको हकमा पनि मेरो त्यही मान्यता नै रहेको छ । तथापि उहाँको आरोप कति सत्य हो भन्ने कुरा आगामी दिनहरुमा पुष्टि हुँदैजाला । तर मुख्य कुरा चाहिँ घटना प्रसंगहरूलाई लिएर जस्तो खाले बहसहरुले विवादित बन्दै गइरहेको छ त्यो चाहिँ अलि बेठिक छ भन्ने लागेको छ ।
सरीताजी जत्तिसुकै माक्र्सवाद र माक्र्सवादीहरूलाई लिएर पूर्वाग्रही वा विरोधी हुनुभए पनि उहाँले भन्नुभएको जस्तो उहाँमाथि अन्याय भएको हो भने चाहिँ उहाँले न्याय पाउनुपर्छ भन्ने कुरामा कुनै विवाद नै छैन र हुँदैन पनि । तर उहाँले पनि विषयवस्तुलाई प्रस्तुत गर्ने सवालमा के बुझ्नुपर्छ भने कोई मान्छे माक्र्सवादी भएकैले अथवा भएकै कारण उहाँ सित वा अरू कसैसित यौनजन्य दुव्र्यवहार गर्छ भन्ने कुरा चाहिँ जायज हुँदैन । त्यो जो कोही पनि हुनसक्तछ ।
दोस्रो कुरा उँहाले म पनि माक्र्सवादी हुँ भनिराख्नु भएको छ । व्यावहारमा तर उहाँको नारीवादी कन्सेप्टले पुरुषहरूलाई मात्र माक्र्सवादी मान्नुहुन्छ वा विश्वास गर्नुहुन्छ वा पुरुषहरूलाई मात्र माक्र्सवादी देख्नु भएर हो पुरूष माक्र्सवादीहरूको विरोध गर्ने नाँउमा माक्र्सवादकै विरोध र प्रगतिशील वामपन्थकै विरोध गरीराख्नु भएको छ त्यो आपत्तिजनक बिषय त छँदैछ भने माक्र्सवादी, प्रगतिशील र वामपन्थीहरू महिलाहरू चाहिँ हुँदैनन् भन्ने सोच पनि उहाँको देखिन्छ ।
उहाँको लाइभ निकै गम्भीरताका साथ दोहोराएर हेरें । उहाँले राख्नुभएको कुरा यदि सत्य हो भने उहाँप्रति सहानुभूति सहित उहाँप्रति समर्थन नगर्ने कुरै हुँदैन । तथापि त्यही दौरान माक्र्सवादी, प्रगतिशील, बामपन्थीहरूलाई गाली गर्ने सवालमा उहाँले भन्नुभएको कुरा ‘म खानु लाउनु नपाएर माक्र्सवादी भएको होइन ‘भन्ने कुरा चाहिँ अलि आपत्तिजनक रहेको कुरा उहाँले बुझ्नुपर्दछ ।
खान लाउन नपाए पछि अथवा खानलाउन नपाएर कोइ माक्र्सवादी बन्छन् त कि चेतनाले माक्र्सवादी बन्ने हो ? खान लाउन नपाउनेहरु सबै माक्र्सवादी हुन् त ? माक्र्सवादी बन्ने कुरा विचार चेतना र चेतनाको पनि उच्च स्तरसित सम्बन्धित छ र त्यो त्यति सहज कुरा पनि हो जस्तो लाग्दैन । माक्र्सवादी घोषणा गरेर बन्ने कुरा पनि होइन ।
भौतिक परिस्थितिले सर्वहारा श्रमजीवी हुने श्रमिक सर्वहारा पनि जबसम्म बिचार र चेतनाले सर्वहाराकृत वा सर्वहाराकरण हुँदैन उ श्रमजीवि सर्वहारा भएर पनि माक्र्सवादी बन्न सक्तैन र हुँदैन । पुँजीवादी बिचार बोक्ने मजदुर कसरी सर्वहारा ? कसरी माक्र्सवादी ? भौतिक परिस्थितिले सर्वहारा श्रमजीवी मजदुर स्वंय आफै सर्वहारा, माक्र्सवादी बन्न सक्तैन भने मिडिल क्लास र बुर्जुवा एवं बुर्जुवा बुद्धिजीवि कसरी आफै माक्र्सवादी र माक्र्सवादी बुद्धिजीवि बन्नसक्छ ? माक्र्सवादी बन्ने कुरा माक्र्सवादीलाई गाली गरे जस्तो त्यति सजिलो कुरा हुँदैन भन्ने कुर बुझ्नुपर्दछ ।
त्यस्तै यद्यपि अहिलेपनि जब घटना पूर्णरूपले उहाँको पक्षमा पुष्टि भइसकेको छैन तैपनि हामी जस्तो महिलाहरूको सहानुभूति उहाँप्रति रहेकै छ । र, यदि भोलि उहाँ सही हुनुभएको खण्डमा अरू बढी सहानुभूति र समर्थन उहाँसित रहने नै छ । तथापि उँहाले के बुझ्नुपर्छ भने उहाँप्रति हामी जस्तो महिलाहरूको सहानुभूति र साथ महिला भएको नातालेभन्दा बढी माक्र्सवादी सोच, बिचार र दृष्टिकोणको पक्षपाती भएकै कारणलेनै उहाँ सही हुनुभएको खण्डमा हाम्रो साथ उहाँको संघर्षमा रहन्छ भन्ने हो ।
त्यसो र माक्र्सवादी, प्रगतिशील, बामपन्थीहरूको विरोधमा होइन कि बरू उहाँ माथि अन्याय भएको हो भने न्यायको पक्षमा अघि आउनुपर्दछ । न्यायपूर्ण संघर्ष हो भने त्यो के स्त्री के पुरुष भन्ने, माक्र्सवादी र गैरमाक्र्सवादी किन भन्ने, प्रगतिशील वामपन्थ र गैरप्रगतिशील र गैर वामपन्थ भन्ने कुरै किन र ?