भत्किँदो दलीय आधारशीला र कार्यभारको उदासीनता

 मणि दाहाल

जनता रानीतिक रुपमा अधिकार सम्पन्न छन् । आन्दोलनबाट प्राप्त उपलब्धिहरु दस्ताबेजीकरण भएका छन् । अधिकार सम्पन्न स्थानीय तहको व्यवस्थाले जनसरोकारका कतिपय सवालहरुमा सहजता ल्याएको छ । शिक्षा, स्वास्थ्य, रोजगारी र आवासको ग्यारेन्टी संविधानमै उल्लेख छ । योे आन्दोलनको उपलब्धी हो । तर, यतिका अवधिसम्म पनि राजनीतिले जनताको जीवनमा वहार ल्याउन सकिरहेको छैन । कष्टकर जनजीविकाले गर्दा आम जनतामा राजनीतिप्रति नै वितृष्णा जागेको पाइन्छ । राजनीतिलाई फोहोरी खेलमा चित्रण गरिदै छ । यसको कारण के हो ? अब त्यसको खोजी हामी आफैँबाट हुनु जरुरी छ ।

राजनीतिक आन्दोलको अवतरणपछि हामी बिल्कुल रुपमा दलमुखी झोले मात्र भयौं । शिर्षस्तको घेराबन्दीमा रहनु र रिझाउनु हाम्रो दैनिकी बन्यो । निर्वाचनदेखि निर्वाचनसम्म हाम्रो कार्यनीति बने । हामीले बेठिक भनेर भन्न सकेनौं । ताली मात्र बजायौं ।पहुँचवान नेताहरुलाई धनवाद र जनवाद तर्फ उत्प्रेरित गरायौं । अन्तरजीवनमै मौलाएको पथभ्रष्टतामा आँखा मात्र चिम्लिएनौं तिनीहरुकै राम भजनमा निष्ठावानहरुलाई प्राहार गर्न पछि परेनौं ।

पथभ्रष्टताको जगमा हुर्कदैंआएको कर्मचारी प्रशासनले हाम्रो मन पेट सबै लियो । अनि हामीलाई अनेकौं दलदलमा फसायो । हामी फस्दै गयौं । जनताबाट टाडियौं । उनीहरुको सेवक बन्न सकेनौं । हामी शासक बन्यौं । हाम्रा बोली बचन र व्यवहारहरु महंगा भए । लक्षित क्षेत्र हाम्रो प्रथामिकतामा परेन ।

राजनीतिक क्रान्तिपछिको दोस्रो चरण साँस्कृतिक र सामाजिक क्रान्तिको हो । हामीले संस्कृतिक क्रान्ति मार्फत् समाजको रुपान्तरण गर्न सकेनौं । सामाजिक रुपान्तरण भाषण मात्र बने व्यवहार बन्न सकेन । सामाजिक व्यवहारहरु अत्यन्तै महँगा भए । राजा महेन्द्रले ल्याएको सामाजिक व्यवहार सुधार ऐनलाईलाई सम्म व्यवहारमा ल्याउन सकेनौं । करोडौं खर्चेर गरिने विवाह, ब्रतवन्ध, गुन्यूचोली जस्ता अनेकौं सामाजिक कार्यका प्रमुख अतिथि हाम्रा शिर्ष नेत्ताहरु बन्न पुग्नु भयो ।
हामीले वर्थ डे, एनिभर्सरी, जस्ता आयतित संकृतिको चास्नीमा समाजलाई बिटुल्यायांै । त्यसलाई बेठिक भन्ने हिम्मत गरेनौं। परिणामस्वरुप हाम्रो समाज विकासको चरण उल्टो गतिमा प्रवाहित भयो । अर्थात् चोरहरुलाई पराक्रमी र बाबु बनायौं । अनि साधुलाई उल्लु र निकम्मा मात्र बनाएनांै उसलाई अपमान गरेर उसको आत्मासम्मानमा ठेस पु¥यायौं । इमानीहरुलाई बेइमानी नगरी बाँच्नै नसक्ने बनायौं । सादा जीवन, उच्च विचार र कठोर संघर्ष मार्गदर्शक बन्न सकेन ।
हामी सनातनी संस्कृतिबाट बिचलित भयौं । नराम्रा कुराको नक्कल गर्नु हाम्रो नियति बन्यो । शतिmवान र पहँुचवानहरुको बधाई र सम्मानको स्ांस्कृतिमा हाम्रा समय खर्च भए । राम्रो काम गरेपछि मात्र सम्मान र बधाई दिनु पर्छ भन्ने सामामान्य चेतबाट समेत हामी बिचलित भयौं । अनि जसलाई बधाईको खादा ओडायांै उहि महापथभ्रष्ट भयो । अनि फेरि उसैलाई गाली गर्न थाल्यौं ।

लुटको धन दान भेटी र चन्दा दिएबापत समाजसेवीको पगरि भिरायौ । कम्बल ओडेर ध्यू खानेहरुलाई नागरिक अगुवा बनायौँ । यसरी समाजलाई विकृत बनाउने हामी राजनीतिककर्मी भनाउदा हैनौं र ? अनि जनताले पनि राजनीतिलाई मात्र गाली गरेर हुन्छ ? राजनीतिलाई फोहोरको डंगुरमा डुबाउन जनताको हात छैन ? तर, हामी आफू चोखो बनेर अरुलाई गाली गर्नु हाम्रो विषेशता बनेको छ । यो हाम्रो संस्कृतिक बिचलनको परिणाम हो ।

राजनीतिलाई लोकप्रिय बनाउने अर्को पक्ष आर्थिक रुपान्तरणको पक्ष हो । हामीले समाजलाई आर्थिक सम्वृद्धिका कार्ययोजनाहरु दिन सकेनौं । सीमित व्याक्ती अभिजात वर्गमा रुपान्तरित भए । तर, समुदाय ओरालो लाग्दै गयो । राष्ट्रिय उद्योगहरु कौडीको मूल्यमा बिक्री भए । युवाहरु अवसरविहीन भए । विदेशी गल्लीमा श्रम बेच्नु उनीहरुको बाध्यता बन्यो । हामीले हाम्रा खोरियाहरुलाई कोरियाको आकर्षक गन्तव्यको रुपमा रुपान्तरित गर्न सकेनौं ।

उदारीकरणले परनिर्भरता बढायो । पथभ्रष्टताले देश कंगाल बन्यो । तर, हामीले भ्रष्टाचारीलाई आजीवन काराबास राख्न सकेनौं । उनीहरुलाई सामाजिक बहिष्कार गर्न सकेनौं । बरु दोसल्ला ओडायौं । अनि अख्तियारतिर पठायांै । समाजवादलाई भाषण बनायौं । तर, उदारवादलाई मार्गदर्शक नीति बनायौं । अनि राजनीति जनताबिचमा लोकप्रिय हुन्छ ? राजनीतिकर्मी सम्मानित हुन्छन् ? यतातिर नफर्कने ?

राजनीति लोकप्रियताको अर्को पक्ष सम्वृद्धि र सुशासनको भरपर्दो मार्गचित्र र त्यसको इमान्दार कार्यान्वयन हो । हामीले सम्वृद्धिका अनेकौं कार्ययोजनाहरु ल्याउन त ल्यायौं तर त्यो आधारभूत तहमा पुग्न सकेन । बिचौलीयाको हातमा पुग्यो । हरेक क्षेत्रका माफियाहरुलाई हामीले नियन्त्रण गर्न सकेनौं । बरु ज्वाँइ सरह सम्मान ग¥यौँ । हाम्रा जनप्रतिनिधिहरु शासक बने । विश्वासघात उनीहरुको नियति बन्यो । कमाउनु ध्येय बन्यो । उनीहरु दलबाट बहिस्कृत हुन सकेनन् । बरु प्रमोसन भए । शिक्षा र स्वास्थ्य व्यापार बन्यो । सो क्षेत्रका माफियाहरु दलका नीति निर्माता बने । अनि दलहरु जनविश्वाशीला कसरी हुन्छन् ?

हामीले राजनीतिलाई विचारले डो¥याउन सकेनौं । हाम्रा दलहरु विचारवादी सामुहिकतावादी भएनन् । व्यक्तिवाद विचार बन्यो । शिर्ष नेताहरुलाई देवत्वकरण गर्न पुग्यौँ । विधि, विधान र सामुहिकता सानालाई मात्र लागु भयो । निष्ठावान भन्दा भजने र झोले प्यारा भए । अन्तरजीवन अलोकतान्त्रिक भयो । नमर्दासम्म जिम्मेवारी हस्तान्तरणको अवस्था रहेन र छैन । बाचाहरु कहिलै पुरा भएनन् । दलका कार्यालयहरु विचार मन्थनको थलो हुन सकेनन् । अपराध संरक्षण केन्द्र जस्ता देखिए । अराजकताको भीडलाई  शक्ती मानियो । लोक कल्याणकारी राज्य व्यवस्थाको अनुभूति दिन सकिएन । अनि जनताले दलहरुलाई के आधारले विश्वास गर्ने ?

सैद्धान्तिक रुपमा हामी कुनै दलसँग आवद्ध भयौं । दलीय व्यवस्थामा यो स्वभाविकै हो । तर हाम्रो मानसिकता निम्न पुँजीवादीभन्दा माथि उठ्न सकेन । हाम्रा बरव्यवहारहरुले सामन्तवादलाई तीन हात उछिन्यो । सांस्कृतिक रुपान्तरण हाम्रो प्राथामिकताको विषय बनेन । आदर्शका पात्र मानिएका शिर्ष तह विसंगतीको छिटाबाट मुक्त हुन सक्नु भएन । उहाँहरु नव महाराजको अवतारमा देखिनुभयो । उल्लेखित सबै हुनुमा हामी नेत्ता कार्यकर्तादेखि जनतासम्म दोषी छौं । हामीले अरुलाई मात्र दोष थुपारेर उम्कन पाउदैनौं। त्यसकारण अब हामी सुध्रनुको विकल्प छैन । नसुध्रिने हो भने हाम्रो बिनासको बाटो टाढा छैन ।

केन्द्रीय परिषद् सदस्य , नेकपा एकीकृत समाजवादी 

सोमबार, ३० जेठ, २०७९

प्रतिक्रिया:

सम्बन्धित खवर