संक्रमितको नमुना लिन गएको विमान दुर्घटना

काठमाडौं । कोरोना भाइरसको संक्रमणको आशंका गरिएका विरामीको नमुना लिन काठमाडौंबाट उडेको नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज एयरपोर्टमा अवतरणको क्रममा दुर्घटना भएको छ ।

विमानस्थलमाअवतरणका क्रममा विमान चिप्लिएर झाडीमा पुगेपनि कुनै मानबीय क्षति भने भएन ।

नेपाल एयरलाइन्सको विमान दुर्घटना भएको नेपाल प्रहरीका प्रक्ता एसएसपी उत्तमराज जोशीले पुष्टि गर्नुभयो । ल्याण्ड गर्ने क्रममा विमान चिप्लिएर धावनमार्गबाट २ सय मिटर टाढा झाडीमा पुगेको हो । ९ एन–एकेयु कलसाइन विमान दुर्घटनाको कारण खुल्न सकेको छैन ।

विमानमा तीनजना चालक दलका सदस्य र दुई जना चिकित्सक थिए । उनीहरु सकुशल छन् । कोरोना भाइरस संक्रमितको स्वास्थ्य परीक्षणका लागि नमुना लिन विमान गएको थियो ।

विभिन्न अस्पतालबाट जम्मा गरिएका बिरामीको स्वाबको नमुनालाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षणका लागि ल्याउन स्वास्थ्य मन्त्रलायले यो विमान चार्टर गरेको थियो।

जहाज रोकिइसकेका कारण ठूलो दुर्घटना नभएको नेपाल एयरलाइन्सले जनाएको छ । अब कोरोनाको आशंका गरिएकाको नमुना दिन ट्वीनअर्टर जहाज नेपालगञ्ज जाने भएको छ ।

 

शनिबार, १५ चैत, २०७६, दिउँसोको १२:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर