खाद्यान्न अभाव आपुर्ति गर्न महानगरको राहत कोष

विराटनगर । विराटनगर महानगरपालिकाले लकडाउनको कारणले भएको खाद्यान्न अभाव न्युनीकरण गर्न राहत कोषको स्थापना गरेको छ ।

महागरपालिकाले नगरक्षेत्रभित्रका अति विपन्न, गरिब तथा सुकुम्बासी परिवारहरुमा पर्न गएको खाद्यान्न अभाव न्यूनीकरण तथा व्यवस्थापन गर्न कोषको स्थापना गरेको हो । महानगरले कृषि विकास बैंकमा स्थापना गरिएको राहत कोषको खाता नम्बर (०६०१-६०११-४५९७-३०४०) सार्वजनिक गर्दै ईच्छुक दाताहरुलाई सहयोगका लागी आह्वान गरेको छ ।

दैनिक उपभोग्य सामाग्री तथा सहयोग उपलब्ध गराउन चाहने दाताहरुले महानगरको फोकल पर्शन राजेन्द्र प्रधानलाई फोन नम्बर ९८४२०३००११ मार्फत सम्पर्क गर्न सकिने जनाईएको छ ।

शनिबार, १५ चैत, २०७६, बिहानको ०८:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर