विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण मङ्गलबारसम्म १६ हजार ५५८ व्यक्तिको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार ३ लाख ८१ हजार ७६१ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् ।
सङ्क्रमित व्यक्तिहरुमा १ लाख २ हजार ४२९ जना उपचारपछि घर फर्किएको बताइएको छ । अझै २ लाख ६२ हजार ७७४ व्यक्ति सङ्क्रमित रहेका छन् । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १९२ भन्दा बढी देशमा देखा परेको छ ।
चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । यसबाट चीनमा ३ हजार २७७ व्यक्तिको मृत्यु भएको छ भने, ८१ हजार १७१ जना सङ्क्रमित रहेका छन् । चीनमा ७३ हजार १५९ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।
भाइरसका कारण अत्यन्त प्रभावित भएको इटालीमा ६ हजार ७७ व्यक्तिको मृत्यु भएको छ भने ६३ हजार ९२७ जना सङक्रमित छन् । इटालीमा ७ हजार ४३२ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।
इरानमा कोरोना भाइरसको सङ्क्रमणको कारण १ हजार ८१२ व्यक्तिको मृत्यु भएको छ । हाल १२ हजार ८६१ जना सङक्रमित रहेका छन् भने ७ हजार ३७६ व्यक्ति उपचारपछि घर फर्किएका बताइएको छ ।
कोरोना भाइरसको सङ्क्रमणको कारण स्पेनमा २ हजार ३११ व्यक्तिको मृत्यु भएको छ भने २९ हजार ४७० सङक्रमित छन् । ३ हजार ३५५ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् ।
जर्मनी कोरोना भाइरसको सङ्क्रमणको कारण १२३ व्यक्तिको मृत्यु भएको छ भने २८ हजार ४८० जना सङक्रमित छन् । यसैबीच ४५३ उपचारपछि निको भएर घर फर्किएका छन् ।
संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस सङ्क्रमणका कारण ५८२ व्यक्तिको मृत्यु भएको छ भने ४५ हजार २६८ सङक्रमित छन् । अमेरिकामा २९५ उपचारपछि निको भएर घर फर्किएका छन् ।
दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण १२० व्यक्तिको मृत्यु भएको छ भने ५ हजार ४१० सङ्क्रमित भएका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार ३ हजार ५०७ उपचारपछि निको भएर घर फर्किएका छन् ।
नेडरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण २१३ व्यक्तिको मृत्यु भएको छ भने ४ हजार ५३४ सङ्क्रमित भएका छन् । यसैबीच २ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।
कोरोना भाइरस सङ्क्रमणको कारण अष्ट्रेलियामा ८, ब्राजिलमा ३४, स्वेडेनमा २७, पोर्चुगलमा २३, क्यानाडामा २४ , डेनमार्कमा २४ मलेसियामा १४, आयरल्याण्डमा ६, पोल्याण्डमा ८, ग्रीसमा १७, इन्डोनेसियामा ४९ र फिलिपिन्समा ३३ हङकङमा ४, इराकमा २३ अल्जेरियमा १७ , भारतमा १०, पाकिस्तानमा ६, थाईल्याण्डमा ४, सिङ्गापुरमा २, रुसमा १, पेरुमा ५, मेक्सिकोमा ४, इजिप्टमा १९, पानामा ६ अर्जेन्टिनामा ४, लेवनान ४, संयुक्त अरव इमिरेट्समा २, ताइवानमा २, सानमरिनोमा २०, हङ्ग्रेरीमा ८, मोरोक्कोमा ४, अफगानिस्तानमा १, नाइजेरियामा १ , बङ्गलादेशमा ३, घानामा २, सुडानमा १ व्यक्तिको मृत्यु भएको छ । (एजेन्सीको सहयोगमा)