विराटनगर । ताप्लेजुङमा नेकपा एमालेबाट पाँच प्रमुख/अध्यक्ष र पाँच उपाध्यक्षसहित १७३ पदमा जितेका जनप्रतिनिधिमध्ये २१ जनाले नेकपा एकीकृत समाजवादी राजेका छन् ।
ताप्लेजुङ एमालेको तेस्रो धारका नेता तथा पूर्वमन्त्री योगेश भट्टराई निर्वाचित भएको जिल्ला हो । समाजवादी रोज्नेहरुमा जिल्ला समन्वय समिति उपप्रमुख देवीमाया नेपाली, मेरिङ्देन गाउँपालिका उपाध्यक्ष कल्पना तुम्बाहाम्फे र आठराई त्रिबेणी गाउँपालिका उपाध्यक्ष मञ्जु भट्टराई पौडेल उच्च ओहोदाका जनप्रतिनिधि हुन् ।
यस्तै मेरिङ्देन गाउँपलिका–६ नाल्बुका वडाध्यक्ष ठाकुरसिंह लिम्बू, सोही गाउँपालिका वडा नं. ३ खाम्लुङका वडाध्यक्ष गणेशप्रसाद भण्डारी, मैवाखोला गाउँपालिका–२ ढुङ्गेसाँघुका वडाध्यक्ष सुरेन्द्र लिम्बू, आठराई त्रिबेणी गाउँपालिका–४ चाँगेका वडाध्यक्ष डम्बरबहादुर लिम्बू र फुङ्लिङ नगरपालिका–२ का वडाध्यक्ष मोहन न्यौपानेले पनि एकीकृत समाजवादी राजेका छन् ।
अन्यमा एक जना जिल्ला समन्वय समिति सदस्य, चारजना नगर तथा गाउँ कार्यपालिका सदस्य र बाँकी सबैजना वडा सदस्य रहेका छन् । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमार्फत ३२१ जना जनप्रतिनिधिमध्ये नेकपा एमालेले पाँच प्रमुख÷अध्यक्ष र पाँच उपाध्यक्षसहित १७३ पदमा विजयी भएको थियो ।