मानव सहयोगी हातहरूद्वारा २ सय ५ परिवारलाई राहत वितरण

रतुवामाई । मानव सहयोगी हातहरु नामक संस्थाले आज रतुवामाई नगरपालिकामा २०५ विपन्न परिवारहरुलाई राहत वितरण गरेको छ ।

संस्थाले रतुुवामाई नगरपालिका वडा नं. ९ को सुकुम्बासी टोल, वडा नं. ७ को डाँगीटोल, वडा नं. ५ को मुसहर वस्तीलगायत वडा नं. १, वडा नं. ४, वडा नंं ६ का २ सय ५ गरिव तथा विपन्न परिवारलाई खाद्यान्न सामग्री राहत वितरण गरेको हो ।

एनआरएनए अष्ट्रियाका पूर्व अध्यक्ष तथा जनप्रगतिशिल मञ्च अष्ट्रियाका अध्यक्ष धर्मराज खतिवडाको पहलमा अष्ट्रियाबासी नेपालीको सहयोगमा मानव सहयोगी हातहरू नामक संस्था मार्फत राहत वितरण गरिएको हो ।

नेकपा माओवादी केन्द्र मोरङका सचिव तथा युवा नेता गणेश उप्रेती सुशील, मानव सहयोगी हातहरू संस्थाका अध्यक्ष तथा नेकपा माओवादी केन्द्र रतुवामाई नगरपालिकाका इञ्चार्ज सुमन कालिकोटे, नेकपा माओवादी केन्द्र मोरङ क्षेत्र नं. २ का संयोजक प्रकाश पौडेल, नेकपा माओवादी केन्द्र रतुवामाई अध्यक्ष पुष्प कार्की, सचिव निलम खड्का, मानव सहयोगी हातहरु संस्थाका वरिष्ठ उपाध्यक्ष डा.शिवशंकर शाह, महासचिव ताजिम अन्सारी, सचिव टेकेन क्षेत्रीलगायतले संयुक्तरुपमा राहत हस्तान्तरण गरेका हुन् ।

राहत सामाग्रीमा दैनिक उपभोग्य सामग्री चामल, भुजा, दाल, तेल, सोयाबिन, सजिवनलगायत रहेका छन् । राहत वितरण कार्यक्रममा बोल्दै नेताहरुले कोरोनाको जटिल परिस्थितिमा नेपाली जनता रोगलेभन्दा पनि भोकले मर्ने अवस्था सिर्जना भएकोले केहि राहत मिलोस भनेर राहत वितरण गरिएको बताएका थिए ।

आइतबार, ३० जेठ, २०७८, साँझको ०७:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर