मोरङका स्थानीय तहलाई हेफर इन्टरनेशनल नेपालको सहयोग

मोरङ । मोरङका केहि पालिकाहरुलाई हेफर इन्टरनेशनल नेपालले सहयोग गरेको छ । कोरोको महामारीको सयमा हेफरले बेलबारी नगरपालिका, सुन्दरहरैचा नगरपालिका, पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाँउपालिकालाई सहयोग गरेको हो ।

दोस्रो चरणको भेरियन्टबाट नागरिकहरुलाई बचाउनका लागि स्वास्थ्य सामग्री खरिद गर्न सहज होस भन्ने उद्देश्यका साथ आफ्नो कार्य क्षेत्रभित्रका केही स्थानीय तहरुलाई सहयोग गरेको हेफरले जनाएको छ ।

बेलबारी, सुन्दरहरैचा, पथरीशनिश्चरेमा ७ लाख ५० हजार प्रतिपालिका सहयोग गरेको छ भने कानेपोखरी गाँउपालिकालाई १२ लाख पचास हजार रुपैयाँ सहयोग गरेको छ । सहयोग गरिएको रकमबाट कोभिडका लागि चाहिने सामग्रीहरु खरिद गरिने पालिकाहरुले जनाएका छन् । हेफरले गरेको सहयोगले महामारीको समयमा जुध्नका लागि सहयोग पुग्ने बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।

आइतबार, ३० जेठ, २०७८, साँझको ०७:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर