विराटनगरमा हिमाल आँखा अस्पताल

विराटनगर । आँखा उपचारमा ख्याती कमाएको विराटनगरमा हिमाल आँखा अस्पताल सञ्चालनमा आएको छ ।

विराटनगर–१४ स्थित मलाया रोडस्थित गौशाला चौकमा बिहीबारदेखि हिमाल आँखा अस्पताल सञ्चालनमा आएको हो । आँखाको सम्पूर्ण उपचार गरिने सो अस्पतालमा अन्य अस्पतालभन्दा गुणस्तरीय सेवा प्रवाह हुने अस्पतालले जनाएको छ । अत्याधुनिक नवीनतम प्रविधियुक्त अस्पताल बिहीबार शिवरात्रीको अवसर पारेर सञ्चालनमा आएको हो । अस्पतालमा ५ जना साझेदारहरुको संयुक्त लगानी रहेको छ ।

अस्पतालका सञ्चालक एवंम संरक्षण तेजलाल कर्णका अनुसार हिमाल आँखा अस्पतालले विराटनगरमै पहिलो पटक अर्थोटिक इभ्यालुसन सेवा भित्रयाएको छ । नेत्ररोग विशेषज्ञ डा. शौरभ पियाले अस्पतालमा सेवा दिनेछन् । अस्पतालबाट ओपिडी, आकस्मिक, मोतियाबिन्दु शल्यक्रिया, फार्मेसी र ल्याब सेवा प्रवाह गरिने सञ्चालक कर्णको भनाई छ । अन्य अस्पताल भन्दा सस्तो र भरपर्दो उपचार सेवा गर्ने उद्देश्यका साथ आँखा अस्पताल सञ्चालनमा ल्याईएको उहाँले जानकारी दिनुभयो ।

विश्वमा उत्कृष्ट मानिने उपकरण मार्फत आँखाको उपचार गरिने उद्देश्यले सञ्चालनमा ल्याईएको यस अस्पतालमा तुलनात्मक रुपमा खर्च पनि कम लाग्ने जनाईएको छ ।

 

बिहिबार, २७ फागुन, २०७७, दिउँसोको ०२:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर