महानगरको ‘विपद पोर्टल’ संचालनमा

विराटनगर । विराटनगर महानगरपालिकाले एकीकृत विपद सूचनाको व्यवस्थापन गर्ने ‘विपद पोर्टल’ संचालनमा ल्याएको छ ।

विराटनगर महानगरपालिका सभाहलमा आज एक कार्यक्रम आयोजना गरि उक्त पोर्टल संचालनमा ल्याएको हो । गृह मन्त्रालयले तयार परेको सो विपद व्यवस्थापनको पोर्टलको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीले गरे ।

उक्त पोर्टलमा ३९ प्रकारका विपदका घटनाहरू समावेश गरिएको छ । विराटनगर महानगरपालिका भित्र घटेको विपदका घटनाहरूको साथै अस्पताल, शैक्षिक संघसंस्थाहरुको पनि अभिलेखकरण गरेर राखेको छ । विपद व्यवस्थापन सम्बन्धी कुनैपनि सूचना आवश्यक परेमा biratnagarmun.bipadportal.gov.np गएर हेर्न सकिनेछ ।

यस पोर्टलको लागि महानगरपालिकाले अर्चना कर्णलाई फोकल पर्सन तोकेको छ । विपद पोर्टलले दिएको सूचनाको माध्यमबाट सहज रुपमा सूचना लिन र रणनीति योजना बनाउन सहज हुने विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले बताए । उनले विपद व्यवस्थापन गरिन महानगरपाकिाले गुरूयोजना तयार गरेर अगाडी बढेको जानकारी गराए । यस्ता पोर्टलले महानगरबासीलाई सूचना लिन सहज हुने प्रमुख पराजुलीको भनाइ छ ।

बुधबार, ०५ फागुन, २०७७, दिउँसोको ०२:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर