विराटनगर । बृहत जनसभापछि विराटनगरको जनआन्दोलन चौक आसपासका क्षेत्रमा नेकपाका कार्यकर्ताहरुले सरसफाई गरेका छन् ।
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध आज विरानटनगरमा नेकपा प्रदेश नंं. १ कमिटीले गरेको विरोधसभा पछि सभास्थल आसपासको फोहोर नेकपाका कार्यकर्ताहरुले सफा गरेका हुन । सभामा सहभागी भएकाहरुले सभास्थल वरपरका क्षेत्रमा फ्यालेका खानेपानीका बोतल र प्याकेट सहितका फोहोर नेकपाका कार्यकर्ताहरुले शुक्रबार बेलुका सफा गरेका हुन ।
नेकपा विराटनगर महानगर कमिटीका सचिव हेम कार्की र पार्टीेले गठन गरेको मोरङ जिल्ला स्तरीय संघर्ष समितिका सह–संयोजक पारुल क्षेत्री लगायतका युवाहरुले शुक्रबार बेलुका सफाई गरेका हुन ।
बहुत राम्राे सह्रानीय काम !