विराटनगर । डाक्टरलाई कुटपिट गरेको आरोपमा तरूण दल मोरङको कोषाध्यक्ष अनिल रिजाल पक्राउ परेका छन् ।
विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत नाक, कान घाटी रोग विशेषज्ञ डा.मिनाक्षी बस्नेतलाई कुटपिट गरेको आरोपमा रिजाल पक्राउ परेका हुन् ।
मोरङको सुन्दरहरंचा नगरपालिकाको गछिया घर भएका ४३ वर्षीय रिजाल विराटनगर बस्दै आएका थिए । रिजाल विराट व्यापार संघको सदस्य पनि हुन् । उनको विराटनगरमा होलसेलको डिलर पनि छ । उनले केही दिन अगाडि डाक्टरलाई कुटपिट गरि गम्भिर घाइते बनाएको आरोप छ । नेता रिजालको कुटाइबाट डाक्टर बस्नेतको शरिरको विभिन्न भागमा चोटपट लागेको छ ।
चिकित्सक बस्नेत बस्ने कोठामा गएर नेता रिजालले कुटपिट गरेको आरोप छ । उनीहरू मिल्ने साथी हुन् । सामान्य विषयमा वादविवाद भइ झगडा हुँदा रिजालले डाक्टरलाई कुटपिट गरेको प्रहरीले जनाएको छ । पीडित बस्नेतले दिएको जाहेरीको आधारमा प्रहरीले रिजाललाई पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो ।
पक्राउ परेका रिजाललाई मोरङ प्रहरीले जिल्ला प्रशासन कार्यालय मोरङमा सोमबार ‘अभद्र व्यवहारको’ मुद्दामा पाँच दिनको म्याद थप गरि अनुसन्धान सुरू गरेको एसपी खड्काले बताउनु भयो । रिजालले चिकित्सकका बस्नेतको लाखौं रुपैयाँ पनि लगेको बुझिएको छ । विराटनगरमा होलसेलको पनि डिर्लर संचालन गर्ने रिजाल व्यापारमा लगानी गर्न पैसा आवश्यक परेको भन्दै चिकित्सक बस्नेतबाट लाखौं रुपैयाँ लिएका थिए । सापटी दिएको पैसा अन्य विविध कारणले गर्दा रिजालले चिकित्सकलाई कुटपिट गरेको प्रहरीले जनाएको छ ।
उहाहरु मिल्ने साथी हैन श्रीमान श्रीमती हुन। सम्पादक ज्यु कुरा बुझेर लेखे राम्रो हुन्थ्यो। दुई पैसाको लागि हावा कुरा वा सुनेको भरमा नलेख्दा राम्रो।
बिबाह गरेको प्रमाण चही के रहेछ नि?