प्रधानमन्त्री ‘जाली–झेली’ हुन् : माधव नेपाल

ओलीले नेकपाको अस्मिता र समाजवादको सपनामाथि घात गरेः जनार्दन शर्मा/ केपी ओली जस्तो भष्मासुर नेता नेकपाले जन्माउन हुँदैनः आङ्बो

विराटनगर । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली जाली भएको आरोप लगाउनु भएको छ ।

पाँचथर नेकपाले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै नेपालले प्रम ओली निरंकुश र जाली, झेलि रहेको आरोप लगाउनु भएको हो । उहाँले अब पुरानो एमाले वा माओवादी ब्यूँताउने ओलीको कोशिस सफल नहुने बताउँदै भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

नेपालले केपी ओली कम्युनिष्ट नभएकोले लालसलाम देख्ने बितिकै पसिनाआउने पनि बताउनु भयो । ‘ओलीको बोली कम्युनिष्ट नभएर, ओली प्रवृति र सामन्तवाद हो,’ नेपालले भन्नुभयो, ‘ओलि जी, गणतन्त्र विरोधी हुन, वयलगाडा चढ्ने हुन्, उनलार्इ अब सूर्य चुनाव चिन्ह नभएर वयलगाडाको चिह्न हुनेछ ।’

नेपालले सूर्य चिह्न आफूहरुको रहने दाबी पनि गर्नुभयो । निर्वाचन आयोगको निर्णय सुनाउँदै नेपालले सुवास नेम्वाङले संविधानका विषय र विघटनबारे दिएको अभिव्यक्तिको आलोचना भइरहेको सुनाउँदै आफूसँग आउन नेम्वाङलाई आग्रह गर्नुभयो । ‘स्वाभिमानी मानिस भएकाले हामी सित आउन अनुरोध छ, नेम्वाङलाई स्वागत छ,’ नेपालले भन्नुभयो, ‘वामदेव गौतमको एकता अभियान भनेको एकादेशको कथा हो ।’

कार्यक्रममा नेकपाका स्थायी समितिका सदस्य तथा पूर्व मन्त्री जनार्दन शर्मा प्रभाकरले नेतृत्व र व्याक्तित्वमा पारदर्शीताको आवश्यकता रहेको बताउनु भयो । प्रधानमन्त्री ओलीको असंवैधानिक कदमले आजको अवस्था आएको भन्दै नेता शर्माले नेकपा अध्यक्ष ओलीको कम्युनिष्ट चरित्रसमेत नभएको बताउनु भयो ।

शर्माले ओलीले संविधान च्यातिदिएर असंवैधानिक कदम चालेको आरोप लगाउनु भयो । प्रधानमन्त्री ओलीले संसदको रोष्टममा विदेशीहरुलाई अनाश्वयक उत्तेजित खालको चर्का चर्का भाषण गर्नुको पछाडिको रहस्य आत्मसमर्पण गरेर राष्ट्रमाथि ठूलो षड्यन्त्र गरेको दाबी पनि गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेकपाको अस्मिता र समाजवादको सपनामाथि घात गर्नुको साथै जनताको अभिमतलाई लत्याएर जनघाती प्रवृति देखाएको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले ७२ वर्षको कम्युनिष्ट आन्दोलनलाई ठूलो त्याग र हजारौंका बलिदानबाट प्राप्त भएको उपलब्धीलाई समाप्त गर्ने उद्देश्य राखेको दाबी गर्दै शर्माले प्रधानमन्त्रीले छलपकटका साथ जनताका आशामा कम्युनिष्टको आन्दोलनमा इतिहासमा रक्तरन्जित कालो धब्बा लगाउने काम गरेको आरोप पनि लगाउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य एवं प्रदेश १ का पूर्वआर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वो ‘मौसम’ले अबको आन्दोलनले केपी ओली जस्तो भष्मासुर नेता नेकपाले जन्माउन नहुने बताउनु भयो । ‘हामीले नेपालको कम्युनिष्ट आन्दोलनमा फेरिपनि केपी ओली जस्तो भष्मासुर नेता जन्माउन नपरोस्,’ उहाँले भन्नुभयो ।

सबैले मेहनत गरेर ओलीलाई नेता, पार्टी अध्यक्ष र प्रधानमन्त्री बनाएको तर कुर्सी र सत्तामा पुगेपछि कम्युनिष्ष्ट आन्दोलनलालई नै खतम गरेको बताउँदै आङ्बोले प्रधानमन्त्री आोलीको गतिविधी र हर्कतले दुःखका साथ निर्माण गरेको कम्युनिष्ट नेतृत्व अर्थहीन बनाइदिएको दाबी गर्नुभयो ।

केपी ओली लोकतन्त्र र संविधान विरोधीलाई घुँडा टेकाउन अब बन्ने कम्युनिष्ट पार्टीमा विधी र पद्धति टेकेको र विचार र सिद्धान्तमा आधारित हुनुपर्ने बताउनु भयो । प्रधानमन्त्री ओलीको प्रतिगामी कदम बिरुद्धको लडाइँ र क्रान्तिकारी पार्टी निर्माण गरेर वैचारिक र संगठनात्ममक श्रेष्ठता सावित गर्नका लागि निरन्तर जनताको साथमा रहने उहाँले बताउनु भयो ।

मङ्गलबार, १३ माघ, २०७७, साँझको ०५:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर