अंश उद्योगलाई २ लाख जरिवाना

पुरानो खोलमा नयाँ मिति राखेर खाद्यवस्तु विक्री

विराटनगर । मोरङको कटहरी गाउँपालिका २ मा रहेको अंश घरेलु उद्योगले दुई वर्ष अगाडि म्याद सकिएको ¥यापर (खोल) भित्र खाद्यवस्तु हालेर बिक्री वितरण गरेको भेटिएपछि कारवाहीमा परेको छ ।

उपभोक्तामाथि गम्भीर खेलवाड गर्दै सो उद्योगले अनुचित व्यापारिक क्रियाकलाप गरेको भेटेपछि बुधबार दुई लाख रुपैयाँ जरिवाना गरेको हो ।

दूधमा हालेर खाजाको रूपमा खाने ‘सेवई’ उक्त उद्योगल दुई वर्ष अगाडि मिति उल्लेख भएको ¥यापरमा नयाँ लेबल गरेर बजारमा पठाउने गरेको अनुगमनको क्रममा भेटिएको छ । सेवई मुस्लिम समुदायहरूले बढी मात्रमा बकर इदमा खाने गरेका छन् ।

वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले बुधबार गरेको अनुगमनको क्रममा अंश उद्योगले २०७५ सालको ¥यापरमा ‘सेवई’ नामको खाद्यवस्तु २०७७ सालको नयाँ मिति उल्लेख गरेको लेबल भेटिएको हो । खाद्यवस्तु सवई र यस बाहिरको खोलको आयु १२ महिनाको हुने गरेको छ ।

उद्योगले दुई वर्ष पुरानो म्याद सकिएको खोल प्रयोगमा ल्याउने गरेको भेटिएको हो । म्याद सकिएको खोलमा खाद्यवस्तु हालेर प्रयोग गर्दा स्वास्थ्यमा असर पु¥याउने चिकित्सकहरूको भनाई छ । उद्योगले अनुचित व्यापारिक क्रियाकलाप गरेको अनुगमनको क्रममा भेटिएकोले कारवाहीको दायारामा ल्याएको वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख सन्तोष पोखरेलले जानकारी दिनुभयो ।

अनुगमनको क्रममा अंश उद्योगले मूल्य र ब्याज नम्बर पनि परिर्वतन गरि नयाँ लेभल लगाएको अनुगमनको क्रममा भेटिएको छ । सो उद्योगले उपभोक्ता संरक्षण ऐन २०७५ को ३८(ङ) बमोजिक अनुचित व्यापारिक क्रियाकलाप गरेको पाइएकोले सोही ऐनको दफा ३९ ख बमोजिम उद्योगलाई २ लाख रूपैयाँ जरिवाना गरिएको कार्यालय प्रमुख पोखरेलले बताउनुभयो ।

उद्योगले सेवईको एमआरपी मूल्य र थोकलाई बिक्री गर्ने मूल्य अस्वभाविक अन्तर देखिएकोले तत्काल सुधार गर्न पनि वाणिज्य कार्यालयले निर्देशन दिएको छ । उद्योगले दुई वर्ष पुरानो म्याद सकिएको ¥यापरभित्र नयाँ मिति उल्लेख गरि सेवाई हालेर बजारमा बिक्री बितरण गर्ने गरेको वाणिज्य विभागमा उजुरी परेपछि अनुगमन गरेको हो । उद्योगका सञ्चालक लछुमनप्रसाद रौनियार (गुप्ता) ले आफूबाट गल्ती भएको स्वीकार गरेका छन् ।

बिहिबार, ०१ माघ, २०७७, दिउँसोको ०३:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर