जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन

विराटनगर । प्रतिनिधि सभा विघटन गर्ने कमद पूर्णत : असंवैधानिक रहेकोले त्यसलाई सच्याउन माग गर्दै नेकपा मोरङले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।

जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई पठाइएको ज्ञापन पत्रमा नेपालको संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेको उल्लेख छ ।

प्रतिनिधि सभाको कार्यकाल पाँच वर्ष रहने संविधानको स्पष्ट व्यवस्था हुँदाहुँदै बिचैमा प्रतिनिधि सभा विघटन गरेर जनमतमाथि अपमान र कुठाराघात भएकोले ज्ञापन पत्र मार्फत त्यसलाई तत्काल सच्याउन माग गरिएको छ ।

यसैबीच अनेरास्ववियुले पनि प्रधानमन्त्रीलाई संविधानको राम्रो अध्ययन गर्न भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत संविधानको किताब पठाएको छ ।

प्रमुख जिल्ला अधिकारीले प्राप्त ज्ञापन पत्र तत्कालै प्रधानमन्त्रीको कार्यालयमा पठाइने जानकारी गराउनुभएको छ ।

 

शुक्रबार, २४ पुष, २०७७, दिउँसोको ०१:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर