ट्याक्टर नै तस्करी !

विराटनगर । खाद्यान्न र सामान्य इलेक्ट्रिकल सामानहरु चोरी तस्करी हुने गरेको सार्वजनिक भइरहेको बेला मालसामान ओसार पसारमा प्रयोग हुने ट्याक्टर नै तस्करी हुने गरेको रहस्य सोमबार सार्वजनिक भएको छ ।

प्रहरीले सुनवर्सी नगरपालिका–७ बाट अबैध रुपमा चोरी पैठारी गरी ल्याउदै गरेको १६ लाख मूल्य बराबरको अनटेष्ट ट्रयाक्टर नियन्त्रणमा लिएसँगै ट्याक्टरसमेत तस्करी हुने गरेको खुलासा भएको हो ।

प्रहरी चौकी बरडंगाबाट खटिएको प्रहरी टोलीले सोमवार राती ८ बजे ट्याक्टर नियन्त्रणमा लिएको हो । बरामद भएको सोनालिका ब्रान्डको उक्त ट्याक्टरको मूल्य १६ लाख रुपैयाँ बराबरको रहेको प्रहरीको दाबी छ । सो ट्याक्टर आवश्यक कारवाहीको लागी मूल भन्सार कार्यालय रानी बुझाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसैबीच मोरङको धनपालथान गाउँपालिका–४ बाट भन्सार चोरी पैठारी गरी भित्र्याईएको २ हजार ४६० केजी चिनीसहित ४ जना पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा सोमवार साँझ साँढे ६ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले अन्दाजी १ लाख ४७ हजार रुपैयाँ बराबरको चिनी सहित रङ्गेली नगरपालिका–१ का २१ बर्षीय अभिषेक कुमार साह, धनपालथान गाउँपालिका–१ का १७ वर्षीय दिपक कुमार मण्डल, १८ वर्षीय अर्जुन कुमार मण्डल र १९ वर्षीय रुपेश मण्डललाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुले चिनी ओसार पसार गर्न प्रयोग भएको को १८ प ५७४३, को २२ प १६४४ र को ११ प ६६५९ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिएको छ ।

मङ्गलबार, ३० मंसिर, २०७७, दिउँसोको १२:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर