बेलबारी नपाद्वारा सहुलियतपूर्ण कर्जा दिन बैंकसँग सम्झौता

बेलबारी । बेलबारी नगरपालिकाले सहुलियतपूर्ण कर्जाको सहकार्यका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडसँग सम्झौता गरेको छ ।

बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुबेदी र बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । युवाहरूलाई आफ्नै नगरमा स्वरोजगार बनाउने उद्देश्यले नगरपालिकाले युवाहरुलाई नगरपालिका आफै बिना धितो सहुलियतपूर्ण कर्जा दिने गरी कार्यक्रम अगाडि बढाइएको छ ।

नगरपालिकाले सहुलियतपूर्ण कर्जाका लागि कार्यविधि नै बनाएको थियो । नगरपालिका आफै ग्यारेन्टी (धितो)गरेपछि ५ लाखसम्म सहुलियतपूर्ण कर्जा दिनेछ । जसका लागि २ प्रतिशत ब्याजदर कर्जा लिन समूह फर्मले बैंकलाई बुझाउनु पर्ने छ भने थप ब्याज नगरपालिकाले बैंकलाई आफैं बुझाउने छ ।

सुहलियतपूर्ण कर्जा लिनका लागि ५–५ जनाको समूहलाई बिनियोजन गरीने नगर प्रमुख सुवेदीले बताउनु भयो । समुहको व्यवस्थापन, समूहरुलाई सहजीकरण, अनुगमन तथा कार्यान्वयन गर्नका लागि नगरपालिकाले छुटै कर्मचारीहरुको समेत ब्यबस्थापन गरिसकेको नगरपालिकाको कार्यालयले जनाएको छ ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बेलबारी नगरापलिकाको कामको प्रशंसा गर्नुभएको छ । उहाँले अन्य स्थानीय तहरुले समेत बेलबारीबाट केहि सिक्नु पर्ने बताउनु भयो । नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले सहुलियतपूर्ण कर्जाले नगरबासीको आर्थिक, सामाजिक तथा सांस्कृतिक पक्षको आधारभूत रुपमा विकास गर्न सघाउ पुग्ने धारणा व्याक्क्त गर्नुभयो । यो कार्यक्रम प्रदेश १ मा नयाँ तथा पहिलो कार्यक्रम भएको नगरपालिकाले दाबी गरेको छ । यो कार्यक्रमले विदेश जाने उमेर समुहका युवाअरुलाई प्रत्यक्ष फाईदा पुग्ने विश्वास गरिएको छ ।

सोमबार, २९ मंसिर, २०७७, साँझको ०७:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर