विराटनगर । कोरोना महामारीका कारण समग्र व्यवसाय झैं पर्यटन व्यवसाय पनि नकारात्मक सुचकांक तर्फ ओरालो लागेपनि प्रदेश १ मा नयाँ होटलहरु खुल्ने क्रम भने रोकिएन । यस अवधिमा होटल क्षेत्रमा मात्र दुई अर्ब बढी लगानी भएको पाइएको छ ।
अहिले सुस्ताएको पर्यटन व्यवसाय समय अनुकुल हुनासाथ फस्टाउन अनुमान गरी होटल क्षेत्रमा लगानी भएको हो । यसले महामारीकाबीच पनि पर्यटन क्षेत्र सकारात्मक ढंगबाट बढ्न सक्छ भन्ने आशालाई कायम राखेको बुभ्mनसकिने त्यस क्षेत्रका व्यवसायीहरुले बताएका छन् ।
केही समयअघि करिब डेढ अर्बको लगानीमा झापाको मेचीनगरमा ५ तारे होटल सञ्चालनमा आएको छ भने मोरङको विराट चोक र झापाको दमकमा ७५ करोडको लगानीमा पीएलओ ग्रुपले छिट्टै तीन तारे होटल सञ्चालनमा ल्याउने भएको छ ।
मोरङको सुन्दरहरैंचा नगरपालिकको विराट चोकमा ५३ करोडको लगानीमा थ्री स्टार होटल निर्माणाधीन छन् । पीएलओ ग्रुपले उक्त होटल निर्माण गरिरहेको छ । गु्रपले झापाको दमक बजारमा पनि २२ करोडको लगानीमा त्यस्तै होटल सञ्चालनमा ल्याउँदै छ । विराट चोकमा २५ कठ्ठा क्षेत्रफलमा बनेको उक्त होटलको नाम ‘नेपाली रिका’ दिएको छ । १० वटा भवन रहेको उक्त होटलको लगानी ५३ करोड रहेको होटलका सञ्चालक पीएलओ ग्रुपका अध्यक्ष भोलेश्वर दुलालले बताउनुभयो ।
होटलमा ६० वटा सुविधा सम्पन्न कोठा छन् । आगामी श्रीपन्चमीका दिनबाट होटल सञ्चालनमा आउने अध्यक्ष दुलालले जानकारी दिनुभयो । सञ्चालनमा आउने दुलालको भनाइ छ । होटलमा ३० वटा भीआइपी, २५ वटा डिलक्स र ४ वटा प्रोसेन्टल स्वीट रुम रहेका छन् ।
होटल भित्र स्वीमिङ पुल, जिम खाना, मसाज सेन्टर, सानो स्टीमदेखि शैलुन र कपी सप समेत रहका छन् । होटलमा सेमीनार हलका अलवा साहाकारीसहित चारवटा रेस्टुरेन्ट रहेका छन् । होटलमा एक हजार जना अटाउने क्षमता भएका २ वटा पार्टी प्यालेससमेत रहेका छन् । होटलमा प्रति रुमको ३ हजार ५ सयदेखि ३५ हजार रुपैयाँसम्म भाडा छ ।
झापाको दमकमा पनि विराट चोककै जस्तो होटल सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष दुलालले बताउनुभयो । २२ करोडको लगानी रहेको उक्त होटलमा पनि ६० वटा कोठा रहने छन् । यसै गरी केही समयअघि मात्र झापाको मेचीनगरमा डेढ सय करोडको लगानीमा मेची क्राउन नामक पाँचतारे होटल सञ्चालन भएको छ । भुटान, भारत र बङ्गलादेशका पर्यटकलाई लक्षित गरेर पूर्वको सीमामा खुलेको उक्त होटलले यस क्षेत्रको पर्यटनमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ ।
मेचीनगर–८ जोरसिमलमा आठ विघा क्षेत्रफलमा होटलको संरचना निर्माण भएका छन् । भेगास इन्टरटेन्मेन्ट प्रा.लि.ले उक्त होटल सञ्चालनमा ल्याएको अध्यक्ष पवित्रकुमार कार्कर्ले बताउनुभयो । उहाँले मुलुकको पर्यटन व्यवसायलाई अघि बढाउन होटलमा लगानी गरेको बताउनुभयो ।
होटल परिसरमा क्यासिनो, हेलिप्याड, स्पा, जिमहाउस, स्वीमिङ पुल, ग्रीन गार्डेनगायत सुविधा छन् । सम्मेलन, सेमिनार, बैठक र विवाहलगायत कार्यक्रम गर्न सकिने उक्त होटलमा १०५ वटा सुविधासम्पन्न रुम छन् ।