विराटनगर ‘वाइट हाउस’ गोदाममा प्रहरीको छापा, ठूलो परिमाणमा कपडा बरामद

विराटनगर । विराटनगर–९ जलजलामोडस्थित ‘वाइट हाउस’ को गोदाममा प्रहरीले छापा हानेर ठूलो परिमाणमा कपडा बरामद गरेको छ । मोरङ प्रहरीबाट खटिएको प्रहरीले टोलीले बिहीबार दिउँसो कपडाको व्यापार गर्ने ‘वाइट हाउस’को गोदाममा प्रहरीले छापा हानेर करिब ७६ पोकाभन्दा बढी कपडा बरामद गरेको हो ।

भारतबाट तस्करी गरि अवैध रूपमा कपडा ल्याएर भण्डारण गरिएको जानकारी पाएपछि प्रहरीले कपडा बरामद गरेको प्रहरीले स्रोतले जानकारी दिएको छ । मोरङ प्रहरीका प्रहरी निरीक्षक पप्पु नायकको नेतृत्वमा खटिएको प्रहरी टोलीले सो कपडा बरामद गरेको हो ।

बरामद भएको कपडा प्रहरीले जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको छ । कपडा बरामद गरेपछि प्रहरीले अहिले थप अनुसन्धान गर्दै आएको मोरङ प्रहरीका प्रवक्ता डिएसी मानबहादुर राईले जानकारी दिए । ‘छापा हानेर कपडा बरामद गरि ल्याएका छौं,’ डिएसी राईले भने, ‘अहिले कपडाको गणना भइरहेको छ । थप विषय प्रेस रिलिज गरि पठाउनेछौं ।’

हावाइट हाउसका संचालक बरुण साह हुन् । उनले अवैध कपडा नभएको दाबी गरेका छन् । ‘बिल लिएर प्रहरी कार्यालय जाँदैछु,’ उनले भने ।

बिहिबार, २५ मंसिर, २०७७, दिउँसोको ०१:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर