विराटनगरमा थप छ जना संक्रमितको मृत्यु

विराटनगर । कोरोना भाइरसको संक्रमणका कारण विराटनगरमा गएको २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ ।

विराटनगरको नोबेल मेडिकल कलेजमा ४, विराट मेडिकल कलेजमा १ र म्याक्स अस्पतालमा १ जनाको मृत्यु भएको हो ।

नोवेलमा उर्लाबारी– १ की ६६ वर्षीय महिला, सुनसरी ईटहरीका ४२ वर्षीय पुरूष, झापा विर्तामोडका ७५ वर्षीय वृद्ध र सुन्दरहरैचा नगरपालिका– १० की ६९ वर्षीय महिलाको मृत्यु भएको छ । अस्पतालका प्रवन्धक नारायणप्रसाद दाहालका अनुसार उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो ।

कात्तिक १२ गते भर्ना भएका विर्तामोडका वृद्धलाई सोही दिन कोरोना पोजेटिभ देखिएको हो । निमोनियाको समस्या देखिएका उनको शनिबार बिहान १२ः३० बजे मृत्यु भएको हो ।

सुन्दरहरैचा नगरपालिका – १० की ६९ वर्षीय महिलालाई १० गते कोरोना पोजेटिभ देखिएपछि नोबेलमा भर्ना भएकी थिइन् । उनको बिहान करिब ३ बजे मृत्यु भएको दाहालले जानकारी दिनुभयो ।

नोबेलमा मृत्यु भएका उर्लाबारी नगरपालिका– १ की ६६ वर्षीय महिलालाई १३ गते अस्पताल भर्ना गरिएको थियो । पीसीआर जाँच गर्दा सोहि दिन कोरोना पोजेटिभ देखिएकी उनको उपचारका क्रममा विहान करिब ५ बजे मृत्यु भएको हो ।

त्यस्तै सुनसरी इटहरीका ४३ वर्षीय पुरुषको नोबेल मेडिकल कलेज अगाडी एम्बुलेन्समा नै मृत्यु भएको छ । कोरोना पोजेटिभ देखिएपछि उपचारका लागि आएका पुरुषको शुक्रबार अस्पतालमा भर्ना गर्नुअघि नै मृत्यु भएको हो ।

यसैगरी विराट मेडिकल कलेजमा विराटनगर ३ का ६५ बर्षीय पुरूषको शनिबार विहान ८ः३० बजे मृत्यु भएको छ । उनी कात्तिक ६ गते भर्ना भएका थिए ।

विराटनगरकै म्याक्स हस्पिटलमा शनिवार विहान उदयपुरकी ४२ वर्षीय महिलाको मृत्युु भएको छ । शुक्रबार साझ अस्पताल भर्ना भएकी उनकोको शनिबार बिहान करिब ७ बजे मृत्यु भएको म्याक्स हस्पिटलले जनाएको छ ।

शनिबार, १५ कार्तिक, २०७७, साँझको ०५:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर