स्कर्पियो दुर्घटनामा पाँच जनाको मृत्यु

विराटनगर । सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका– १४ भदौरेमा शनिबार राती भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।

भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपियो जीप शनिबार राति ११ः५५ मा सडकबाट करिब ९०० मिटर तल खसेर दुर्घटना भएको हो ।

सुनसरीको इटहरीस्थित प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी सञ्जीव शर्माका अनुसार दुर्घटनामा ओखलढुंगा मानेभञ्ज्याङ ९ माधवपुरका ४६ बर्षीय रामबहादुर सार्की, ४० बर्षीय खड्गबहादुर सार्की, ३५ बर्षीया नरिमाया सार्की र २७ बर्षीय कर्मे भन्ने कर्णबहादुर सार्कीको मृत्यु भएको छ । यसैगरी उदयपुरको कटारी नगरपालिका ८ शिरिसेका ३० बर्षीय महेशबहादुर बि.क.को पनि घटनास्थलमै मृत्यु भएको छ ।

ब्रेक फेल भएर स्कारपियो दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ । दुर्घटनामा मानेभञ्याङ९ की २८ वर्षीय कुमारी सार्की२२ वर्षीया कल्पना सार्की र स्कोरपिओ चालक रुपन्देही मधुवलिया४ का २८ वर्षीय पवन खड्का गम्भीर घाइते भएका छन् ।

घाइतेलाई कटारी अस्पताल हुँदै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ । उदयपुरका प्रहरी प्रहरी उपरीक्षक भिमबहादुर दाहालका अनुसार उनीहरू सबै जना भारतको लद्दाखबाट दसैं मान्न आउने क्रममा भैरहवा क्वारेन्टाइनमा बसेेर गाडी रिजर्भ गरेर घर फर्कंदै थिए ।

आइतबार, ०२ कार्तिक, २०७७, बिहानको ०८:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर