दुई जना फरार अभियुक्तहरु पक्राउ

विराटनगर । मोरङ प्रहरीले चोरी र लागूऔषध मुद्दाका फरार रहेका दुई अभियुक्तलाई पक्राउ गरेको छ ।

चोरी मुद्दाका फरार प्रतिवादी विराटनगर १४ भगवती चोकका २६ वर्षीय नौलखी भन्ने श्रीप्रसाद महतो र लागूऔषध मुद्दाका विराटनगर १५ का ३७ वर्षीय राजु पासवानलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

पक्राउ परेका महतोले भदौ १८ गते विराटनगर महानगरपालिका ९ ट्राफिक चोकस्थित मनोजकुमार गुप्ताको इएएई कम्पनीको मोवाईल को ६ प ३४०० नम्बरको मोटरसाईकलमा सवार ३० वर्षीय सतिस झा र सोही ठाउँका महतोले मोवाईल जवरजस्ती खोसेर फरार भएका थिए । दुईजना प्रतिवादीमध्ये सतिस झालाई प्रहरीले असोज ११ गते विराटनगर महानगरपालिका ७ हस्पिटल चोकबाट पक्राउ गरेको थियो भने महतो फरार थिए ।

पक्राउ परेका महतोलाई प्रहरीले चोरी मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसी मानबहादुर राईले जानकारी दिनुभयो । यसैगरि लागूऔषध मुद्दामा राजु पासवानलाई २०७३ असार ३ गते १८ दिन कैद र २ हजार जरिवानाको फैसला मोरङ जिल्ला अदालतले गरेको थियो ।

कैद सजाय तोकिएको चार वर्षपछि पासवानलाई मोरङ प्रहरीले विराटनगर महानगरपालिका १५ स्थित भट्टीमोड चोकबाट पक्राउ गरी आवश्यक कार्वाहीको लागि जिल्ला अदालत मोरङमा बुझाएको डिएसपी राईले जानकारी दिनुभयो ।

बिहिबार, २२ असोज, २०७७, साँझको ०६:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर